वि.सं. २०७५ साल जेठ २७ गते। आइतबार। इश्वी सन् २०१८ जुन १० तारिख। नेपाल संवत् ११३८ अनलागा। अधिक ज्येष्ठ कृष्णपक्ष। तिथि– एकादशी, ८:११ बजेउप्रान्त द्वादशी।

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ कार्यको थालनी हुनेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । अचल सम्पत्ती हात पर्ने योगछ । घरमा अतिथीको आगमन हुनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । जोश,जाँगर र हिम्मत बढ्ला । कुटुम्ब बाट विशेष सहयोग मिल्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) इच्छा र आकाङ्क्षा पूर्ण हुने भएको छ । विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनेछ । नयाँ कार्यको थालनी हुनेछ । कुटुम्बको सहयोग मिल्नेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) व्यापार व्यवसायमा सफलता मिल्नेछ । आदर्श ब्यक्तिसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । महिला वर्ग बाट सहयोग मिल्नेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) वैदेशिक कार्य अघी बढ्नेछ । मुद्धा मामिलामा सफलता पाईनेछ । नयाँ काम वा रोजगारको अवसर मिल्नेछ । कार्य क्षेत्रमा सफलता पाईनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । व्यापार व्यवसायमा औसत लाभ हुनेछ । अरुको बिश्वास जित्न सकिनेछ । कार्यमा सफलता पाईनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । वैदेशिक क्षेत्र कमजोर रहला । प्रेममा मनमुटाव आउनेछ । आफ्नो विचार विपरित निर्णय हुनेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ । नयाँ व्यक्ति संग भेटघाट हुनेछ । अचल सम्पत्ती हात पर्ने योगछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) घर व्यवहारको समस्याले सताउला । व्यवसायमा मन्दी आउला । नाक तथा घाँटीमा समस्या आउला । गलत निर्णय लिनपुगिएला ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । लगनशीलताले कामहरू अगाडी बढ्नेछन । शुभकार्यको चर्चा चल्नेछ । आत्मबल बढ्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) दबाब र तनाव बढेको महसुस हुनेछ । गलत निर्णय लिन पुगिएला । अनावश्यक ठाउँमा धन खर्च होला । परिवारको समस्याले सताउनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) मनोरञ्जनमा सहभागीता भइएला । शिक्षामा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ । - ज्यो.प. नारायणप्रसाद दुलाल