धरान / यहाँको बिवी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक जना कालो ढुस्सी (ब्लाक फंगस) संक्रमण देखिएको विरामी फेला परेका छन् ।
उपचारको लागि आएका एक ६१ बर्षीय वृद्धमा कालो ढुस्सी ९ब्लाक फंगस० संक्रमण देखिएको छ । ती विरामीलाई शल्यक्रिया र उपचार पश्चात डिस्चार्ज गरिएको प्रतिष्ठानले जानकारी दिएको छ ।
यो शल्यक्रिया पुर्वमा पहिलो भएको प्रतिष्ठानको दाबी छ ।
काठमाण्डौं भर भएका ६१ बर्षीय पुरुष जेठ १३ गते प्रतिष्ठानको नाक, कान तथा घाँटी विभागको ओपिडीमा उपचारको लागि आउनु भएको थियो । प्रतिष्ठानमा आउदा उहाँलाई अनुहारको देब्रे पाटो सुन्निएर पीडा भएको र देब्रे आँखा पनि रातो भएको थियो । प्रतिष्ठानमा आउनु १० दिन अघि कोभिड १९ संक्रमण भएर काठमाण्डौंको वीर अस्पतालमा उपचार गरि डिस्चार्ज हुनु भएको थियो ।
प्रतिष्ठानमा विरामीको जाँच गर्ने क्रममा नाकको देब्रेपट्टिको प्वालभित्रको पछाडीको भागसम्म कालो भएर पिप जमेको पाइएको नाक, कान, घाँटीका विशेषज्ञ डा. शंकर साहले जानकारी दिनु भयो । सोही दिन वार्डमा भर्ना गरेर जेठ १४ गते शल्यक्रिया गरिएको उहाँले जानकारी दिनु भयो ।
नाक, कान, घाँटीका विशेषज्ञ डा.शंकर साहको नेतृत्वमा शल्यक्रिया भएको हो । डा. साहसहित शल्यक्रियामा डा.राजन मुल्मी, एनेस्थेसिया विभागबाट प्रा.डा. वीरेन्द्रप्रसाद साह, प्रा.डा. कृष्णा पोखरेल, डा.जेनी बज्राचार्य, नर्सहरु सरिता ठाकुर, रेणुका राजवंशी तथा हेल्पर दुर्गा बिकको टोली रहनु भएको थियो ।
शल्यक्रियाको क्रममा नाकभित्रको कालो भएको भागलाई निकालेर ल्याब परीक्षण गर्दा कालो ढुस्सीको संक्रमण भएको पुष्टि भएको सहप्रवक्ता डा. चुडामणी पोखरेलले जानकारी दिनु भयो । कालो ढुस्सी एक प्रकारको घातक संक्रमण हो । समयमा उपचार नपाए विरामीको प्राणै पनि जानसक्ने चिकित्सकको भनाई छ । काठमाडौलगायत पश्चिममा यि सङ्क्रमणका विरामी देखिए पनि पूर्वमा भने यो पहिलो विरामी भएको बताइएको छ ।
शल्यक्रिया पश्चात वृद्धलाई थप उपचारका लागि प्रतिष्ठानको नाक, कान तथा घाँटी वार्डमा भर्ना गरिएको थियो । नाक, कान तथा घाँटी विभागका प्रा।डा। श्याम थापा क्षेत्री तथा विभागका अन्य विशेषज्ञ चिकित्सकहरुबाट नियमितरुपमा इण्डोस्कोपी एवं उपचार गरिएको प्रतिष्ठानको भनाई छ । उपचारको क्रममा मेडिसिन विभाग तथा आँखा विभागका विशेषज्ञ चिकित्सकहरुको पनि परामर्श लिई उपचार गरिएको र उनलाई दुई दिनअघि शुक्रबार बेलुका डिस्चार्ज गरिएको प्रतिष्ठानले जनाएको छ ।