• १८ वटा प्रतिवद्धतामा एक बर्षमा १३ वटा पुरा

धरान / केही व्यक्तिले समाजमा आफूले गरेको विकासलाई चुनावमा एजेण्डा बनाउछन् । कतिपयले भने विकास गर्ने बाचा गरेर जनप्रतिनिधि बनेका हुन्छन् । चुनाव जितिसके पछि भने कमैले आफ्नो बाचा पुरा गरेका हुन्छन् । तर समाजमा यस्ता पनि जनप्रतिनीधि छन् जो, चुनाव जिते पछि आफ्ना बाचा पुरा गर्ने मात्र होईन, सरकारले दिने सेवा सुवि नै पुरै सामाजिक काममा लगाएका छन् ।
उनी धरान उपमहानगरपालिका वडा नं. १८ का वडा अध्यक्ष नरेन्द्रकुमार राई(प्रविण) हुन । उमेरमा झण्डै ४० हाराहारिमा होलान । २०७४ जेठ १४ गतेको स्थानीय तहको निर्वाचनमा नेपाली काङग्रेसका तर्फबाट वडा अध्यक्षको टिकट पाए । टिकट उनका लागि निकै चुनौतीपूर्ण थियो । कम्युनिष्टहरुको गडमा १८ वटा प्रतिबद्धता पत्र बनाएर मैदानमा उत्रिएका थिए । काङग्रेसले अन्य वडामा हार्यो तर उनले चुनाव जिते । वडा नं. १८ का स्थानीयहरुलाई बेकारमा जिताइए छ भन्ने पनि उनले महसुस गर्न दिएका छैनन् ।
धरान–१८ रत्न चोकका स्थायीवासी राई नेपालकै उदाहरण जनप्रतिनीधि हुन सक्छन् । चुनाव जिते पछि नगरकार्यपालिकाले उनको तलव २४ हजार तोक्यो । गत बैशाख सम्म कार्यपालिकाले तोकेको तलव थापे । जेठदेखि प्रदेश सरकारले स्थानीय तहको तलव १९५०० तोक्यो । नगरपालिकाबाट आउने तलव उनले आफुखुशी खर्च गरेका छैनन् । वडाका ५ सदस्यसहितको एउटा समिति बनाएर उनको लव त्यहाँ जम्मा हुने गरेको छ । त्यो कोषबाट गरिव असहाय विपन्न परिवारलाई खर्च गर्दै आएका छन् ।
तीन जना कुलतमा फसेका युवालाई उनले सुधार गृहमा लान सहयोग गरे । ट्याक्सी चालक उमेश विश्वकर्मा, तेन्जी शेर्पा र विशाल राईलाई सुधार केन्द्रमा राख्न ७७ हजार सहयोग प्रदान गरे । विशाल राई दुर्घटनामा परेर मृत्यु भयो भने उमेश र तेन्जी सुधार गृहमा ४ महिना बसेर सामाजिक जीवन विताईरहेका छन् ।
‘मैले प्रतिज्ञा गरेको छु, जनताको सेवा गरेर पाएको पारिश्रमिक व्यक्तिगत काममा खर्च गर्दिन ।’– वडा कार्यालयमा जनताको काम गर्दै भेटिएका वडा अध्यक्ष राईले भने–‘त्यही संकल्प अनुसार एउटा कोष बनाएर समाजिक काममा लगाई रहेको छु ।’
एनले विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भोजपुरबाट उपचार गर्न ल्याएको मुटुको समस्या भएका ४ बर्षे बालकको उपचार गर्न २२ हजार गत चैत्र महिनामा प्रदान गरे । यस्तै धरान–१५ स्थित एउटा खुट्टा गुमाएका मिलन विश्वकर्मालाई जिविकोपार्जनका लागि गत जेठ मिहनामा १६ हजार दुई सयमा एउटा सिलाई मिसिन किनिदिए । एचआईभी संक्रमितहरुको संख्था धरान पोजेटिप समुहलाई गत बैशाखमा २० हजार नगद प्रदान गरेका छन् । धरान १८ का २० जना महिलाहरुको लागि ३ महिने व्युटिपार्लर तालिमका लागि ५० हजार सहयोग गरे । यस्तै धरान–१८ बाट एसइइ परीक्षामा पास गर्ने ११ जना विद्यार्थीहरुलाई सम्मानको कार्यक्रम तय गरेका छन् । त्यो खर्च पनि त्यही कोषबाट गर्ने वडा अध्यक्ष राईले बताए । गत असारमा कयान्सरबाट पीडि विशिका श्रेष्ठलाई १९ हजार ५ सय सहयोग प्रदान गरे । विपी प्रतिष्ठान अगाडीको गेट नजिक विश्वकर्मा मन्दिर निर्माणका लागि ५० हजार दिएका छन् । अहिले त्यो कोषमा ४२ हजार रकम बाँकी रहेको उनले बताए । उत्पीडनमा परेका व्यक्तिको स्वास्थ्य शिक्षा, खेलकुदलगायत क्षेत्रमा आफ्नो पारिश्रमिक खर्च गरेको उनले बताए ।
उनले निर्वाचनताका १८ वटा प्रतिवद्धता जनाएका थिए । १८ मध्य १३ वटा एक बर्षको अवधीमै पुरा गरिसकेको सुनाए । १ लाख ४२ हजार लागतमा १८ नं. वडाको विपी गेट, बुद्धचोक र रत्नचोकमा ४ वटा सिसी क्यामेरा जडान गरि दिएका छन् । यसको निरिक्षण इलाका प्रहररी कार्यालय धरानले गर्ने गरि उनले व्यक्तिगत लगानीमा जडान गरेका हुन ।
प्रतिबद्धता पत्र अनुसार पूर्वाधार विकास, बाटो निर्माण, मर्मत, पराकिलो बनाउने जस्ता काम वडाको बजेटबाट भईहरेको उनले बताए । १८ वडामा पार्क निर्माण धमाधम बनी रहेको छ । वडा कार्यालय अगाडी बालबालिकाहरु रमाउने बाल उद्यान निर्माण भइरहेको छ । १२ धुर जग्गामा बाल उद्यान निर्माण गरेको उनले बताए ।
‘अवका एक बर्षमा आफुले गरेको प्रतिबद्धाता पुरा गरेर नयाँ अरु काम गर्छु । १८ नं. वडालाई नमुना वडा बनाउने मेरा सपना पुरा हुन धेरै बाँकी छैन् ।’–वडा अध्यक्ष राईले भने ।
एनले प्रतिबद्धता जनाएका दुई वटा काम भने गर्न जटिलता भएको उनले सुनाए । विपी प्रतिष्ठानमा १८ नं.का जनतालाई ५० प्रतिशत उपचारमा छुट गर्नेभनेका थिए । त्या ेभने पुरा गर्न जटिलता भएको उनले सुनाए । यस्तै सामाजिक सुरक्षा भत्ता घरघरमा गएर वितरण गर्ने पनि भनेका थिए । तर उपमहानगरका कर्मचारीहरुले वडासम्म सामाजिक सरक्षा भत्ता वितरण गर्न नदिएकाले पुरा गर्न जटिल भएको उनले सुनाए । ‘सबै सेवा सुविधा टोलटोलमा भन्ने सरकारको नारा अनुसार बृद्धा भत्ता वडा सदस्यहरु घरमै गएर वितरण गर्न मिल्ने हो तर कर्मचारीहरुले नमिल्ने भने पछि आफ्नो प्रतिबद्धता पुरा गर्न सकिएन ।’–राईले नयाँ पत्रिकासँग भने ।
वडा अध्यक्ष नहुदासमेत सामाजिक काममा क्रियाशिल राई नेपाल तरुण दलको जिल्ला उपसभापति समेत बनिसकेका थिए । पूर्व विट्रिस लाहुरेका छोरा राई वडावासीको पीडामा सक्दो मल्हम पट्टी लगाउने प्रयास जारी राख्ने बताए ।

IMG_8186 (1)