धरान / अदालतवाट कैद र जरिवाना तोकी फैसला भएका तर तोकिएको सजाय भुक्तान नगरी फरार रहेका २३८ जना अभियुक्तहरु जिल्ला प्रहरी कार्यालय सुनसरीले नियनत्रणमा लिएको छ ।
२०६६ सालदेखि अदालतबाट सजाय फैसाला भएको मुद्वाका अभियुक्रहरुलाई एक महिनाको अवधीमा प्रहरीले २३८ जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जयसिंह थापाका अनुसार प्रहरी टोलीले श्रावण १ गते देखी फरार अभियुक्त पक्राउको अभियान चलाएको थियो ।
‘अपराधीक घटनामा संलग्न भई समाजमा निस्फिक्री हिड्ने प्रवृतिका विरुद्द यो अभियान चलाइको एसपी थापाले बताउनु भयो । ‘अपराध गरी जतिसुकै भागे पनि उन्मुक्ति पाउन सकिदैन वा कानूनी दायरावाट उम्कन सकिदैन भन्ने सन्देश यो अभियानले दिएको छ ।’–एसपी थापाले भन्नु भयो–‘हामी पुराना फाइलहरु हेदै‌छौं । दोषी ठहर भए तर सजाए नभोगेका अभियुक्तहरुलाई क्रमशः नियन्त्रणमा लिएर अदालत बुझाउछौं ।’
पक्राउ परेका फरार प्रतिवादीहरु कर्तव्य ज्यान, डाँका, अपहरण तथा शरिर बन्धक, कुटपिट, चोरी, किर्ते,जालसाजी, लागुऔषध, ज्यान मार्ने उद्योग, भ्रष्टचार आदीमा सजाय तोकिएकाहरु छन । एसपी थापाले यस्ता अपराधीहरु ऋाफ्नो गाउँ टोलमा लुकीछिपी बसेको थाहा पाए प्रहरीलाई सूचना दिन समेत आग्रह गर्नु भएको छ । अपराध गरेर पीडितलाई गिज्याउदैं छाती फुलाएर हिड्ने अपराधीलाई सुनसरी प्रहरीले नछाड्ने एसपी थापा बताउनु हुन्छ ।
प्रहरीले दिएको जानकारी अनुसार हालसम्म पक्राउ परेका फरार प्रतिवादीहरुवाट ४९ वर्ष कैद सजाय फछ्र्योट भएको छ । ९ लाख ३५ हजार ३६९ रुपैया जरिवाना समेत असुल भएको छ ।
सनुसरीमा नयाँ नेतृत्व आए पछि फरार प्रतिवादीहरु प्क्राउको अभियान थालेको हो । यस क्रममा २०६६ बेशाख १६ गते आफ्नी ५ वर्षिया नातिनी (सोशिला कुमारी खत्वे) लाई घाटी वटारी मारेर प्लाष्टिकको वोरामा हालेर खेतमा गाडी फरार रहेका वसन्त खत्वेलाई समेत पक्रउ गरेको छ । खत्वेलाई सुनसरी जिल्ला अदालत सुनसरीले जन्म कैद सजाय तोकेको थियो । तर उनी लामो समयदेखि फरारको सूचीमा थिए ।
पक्राउ गरिएको सबै अभियुक्तलाई प्रहरीले जिल्ला अदालत सुनसरीमा कैद सजाय र जरिमान असुलका लागि बुझाएको छ ।