धरान / ईडनको स्थापना १० वर्ष अघि धरानको पुतली लाईनमा भएको थियो । धरानका विद्यार्थीहरुमा बढ्दै गरेको वैदेशिक शिक्षा प्रतिको आकर्षणलाई मध्यनजर गर्दै ईडेनले आफ्नो कार्यलय स्थापना गरेको हो । त्यस समयमा धरानका विद्यार्थीहरुलाई विभिन्न कक्षाहरु दिदै आफ्नो कार्यलयको थालनी भएको कुरा ईडनका कार्यकारी मोहन तिगेला बताउनुहुन्छ । विगतका दिनहरुमा विद्यार्थी वर्गमा धरानका कन्सल्टेन्सीहरु प्रतिको विश्वास धेरै कम भएको र सम्पूर्ण कामका लागि धेरै जसो विद्यार्थीहरु काठमाडौं जाने गरेको कुरा पनि उहाँले बताउनु भयो । स्थापनाको समयमा लगभग २५ जना विद्यार्थीहरुलाई विभिन्न भाषाको कक्षा दिएर थालनीभएको थियो । विशेष गरी अङग्रेजी भाषाको कक्षाहरुलाई प्रभावकारी रुपमा चलाईएको जानकारी उहाँले दिनुभयो । अङग्रेजी भाषाको आफ्नो दक्षताले गर्दा धरानेहरु माझ परिचित भएको उहाको दाबी छ ।

पूर्वका सहरहरु मध्येबाट वैदेशिक अध्ययनका लागि अष्ट्रेलिया, अमेरिका लगायत विभिन्न देशहरु जाने विद्यार्थीको संख्या धरानमा उल्लेखनिय रुपमा बढ्दै गएको छ । धरान एउटा शैक्षिक हव भएकाले यहाँ सबैखाले विषयको अध्ययनका लागि धरान बाहिरका थुप्रै विद्यार्थीहरु आउने गर्छन । ती विद्यार्थीहरु मध्ये अधिकांशको वैदेशिक शिक्षा आर्जन गरी नयाँ अनुभव साट्ने ईच्छा भएको पाईन्छ । ती विद्यार्थीहरुले वैदेशिक शिक्षाको व्यावहारिक पक्षलाई बुझेका हुन्छन् । समय अनुसार विद्यार्थीहरुको सोच बद्लिएको छ । संचार माध्यमहरुमा विश्व भरिका प्रसिद्घ विश्व विद्यालयका बारेमा क्षणभरमै थाहा पाउन सकिने भएकाले पनि यस्तो भएको ईडनकी संचालिका पुनम राई बताउनुहुन्छ । आधुनिकिकरणले गर्दा विद्यार्थीहरु नौला विषयहरुमा बढी आर्कषित हुने गरेको र त्यसता विषयहरुको अध्ययनका लागि विदेश जानु बाहेक कुनै विकल्प नरहेको पनि विद्यार्थीहरु बताउछन । आईटी, पर्यटन, चलचित्र, पाईलटिङ जस्ता विषयहरुको अध्ययन नेपालमा सम्भव नभएको कारणले पनि विद्यार्थीहरुको रोजाईमा वैदेशिक शिक्षा पर्न गएको ईडनकी काउन्सेलर निता राई बताउछन । त्यति मात्र नभएर नेपालको शैक्षिक क्षेत्रमा लामो समयदेखि नआएको परिवर्तन र सुधारका कारण पाठ्यक्रमहरु यथावत रहदाँ विद्यार्थीहरुको बढ्दो चाहनालाई साकार पार्न नेपाली विश्वविद्यालयहरु असमर्थ छन् । पढेका कुराहरुको व्यवहारिक प्रयोग तर्फ कसैको ध्यान नजादा यस्तो भएको हो । आफुलाई विश्व समुदाय अनुरुप प्रतिस्पर्धामा उत्रन चाहने विद्यार्थीहरुको पहिलो रोजाईनै वैदेशिक शिक्षा हुने गरेको छ ।

नेपालमा मात्र नभएर चीन, इन्डोनेसिया जस्ता देशहरुमा पनि विगतमा त्यस्तै भएको पाइन्छ । अहिले ती देशहरुको अर्थतन्त्र हेर्दा लोभलाग्दो देखिने भएको र त्यसमा वैदेशिक शिक्षाले अहम भुमिका निर्वाह गरेको मोहन तिगेला बताउनुहुन्छ । अहिलेका अधिकांस विकसित मुलुकका कार्यकारीहरुले समेत वैदेशिक अध्ययनबाट लाभ लिएको हामी प्रत्यक्ष देख्न सक्छौं । त्यसैले, वैदेशिक अध्ययनमा जाने विद्यार्थीहरुले आउने दिनहरुमा देशको मुहार फेर्ने कुरामा मोहन तिगेला विश्वस्त देखिनुहुन्छ । उहाँका अनुसार नेपालका विश्व विद्यालयहरुमा भएको व्यवहारिक ज्ञानको अभावलाई वैदेशिक शिक्षाले पुरा गर्नेछ । वैदेशिक शिक्षामा जाने विद्यार्थीहरुले विदेशको विकास र परिवर्तनबाट पनि धेरै कुरा सिक्न सक्ने कुरा पनि उहाँले अवगत गराउनु भयो ।

ईडनको स्थापना काल देखि अहिलेसम्म आईपुग्दा धेरै परिवर्तनहरु भएका छन् । २० देखि २५ विद्यार्थीहरुलाई भाषाको कक्षामा सामेल गराएर सुरुवात भएको ईडनको शैक्षिक कार्यक्रमले अहिले धेरै उचाईहरु हासिल गरिसकेको छ । यो अन्तरालमा ईडनले सयौं विद्यार्थीहरुको वैदेशिक शिक्षाको सपनालाई साकार पारेको छ भने हजारौं विद्यार्थीहरुलाई अङ्ग्रेजी र जापनिज भाषा प्रशिक्षण दिइसकेको छ । स्थापना काल देखि अहिले सम्म हेर्दा ईडनले करिब ४ हजार भन्दा बढी विद्यार्थीहरुलाई आई.ई.एल.टि.एस कक्षाकालागि तयारी गराएको छ । यस टेस्टमा सफल नभए सम्म राम्रा वैदेशिक शैक्षिक गन्तव्यहरुको यात्रा गर्न सहज नहुने कुराको जानकारी आई.ई.एल.टि.एसका शिक्षक निरोध चन्द्र दाहाल बताउनुहुन्छ । जे.एल.पि.टि. र एन.ए.टि का कक्षाहरुबाट करिब १५ सय विद्यार्थीहरुले लाभ उठाउन सफल भएको जापानकी काउन्सेलर मिनिता श्रेष्ठ बताउनुहुन्छ । अर्को तर्फ हेर्दा ईडनले यो १० वर्षको अनुभवबाट धेरै विद्यार्थी र अभिभावकहरुको विश्वास जितेर, धेरै विद्यार्थीहरुलाई विदेशी शिक्षाको स्वाद चखाउन सफल भएको छ । ईडनले सन् २०१७ मा मात्र करिव १ सय ५० जना विद्यार्थीहरुलाई अष्टे«लिया अध्ययनका लागि पठाउन सफल भएको छ । त्यसैगरी, करिब २० जना विद्यार्थीहरुलाई जापान पठाउन सफल भएको छ । युरोप, न्युजील्याण्ड, इण्डिया लगायत देशहरुमा करिव २० विद्यार्थीहरुले भिषा प्राप्त गरेका थिए । यी तथ्यांकहरुलाई नजिकैबाट नियाल्दा पूर्वकै सबैभन्दा धेरै विद्यार्थीहरुलाई वैदेशिक शिक्षाका लागि पठाउने संस्था ईडन भएको कुरा प्रष्ट हुन्छ । यो सफलताको पछाडि धेरै व्यक्तिहरुको अथक परिश्रम र सहयोग रहेको कुरा मोहन तिगेला बताउनुहुन्छ । उहाँका अनुसार यी सफलताको जग ईडनमा कार्यरत सम्पूर्ण कर्मचारी र शिक्षकहरुले बनाउनुभएको र उहाँहरुप्रति आफु आभारी पनि रहेको बताउनु भयो ।
त्यसैगरी, यस संस्थाले विद्यार्थीहरुको कौतुहलतालाई मेट्न बेला बेला विदेशका विश्वविद्यायलहरुलाई निम्तो दिएर फ्री सेमिनार र एडमिसन डे समेत आयोजना गर्दै आएको छ । यसै वर्षमात्र ईडनले करिब १२ वटा सेमिनार र २ वटा शैक्षिक मेला आयोजना गरेको थियो । यस्ता कार्यक्रमहरुले विद्यार्थीहरुको विश्वसनियतामा प्रभाव पारेको शिक्षा सम्वन्धी जानकारहरु बताउछन् । कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरुलाई प्रत्यक्ष भेटेर प्रश्न गर्न पाउदा निकै उत्साहित भएको इडनका शिक्षकहरुको भनाई छ । विभिन्न शैक्षिक संस्थाका प्रतिनिधिहरुलाई प्रत्यक्ष भेट्न पाउँदा विद्यार्थीहरु निकै उत्साहित हुने गरेको र धेरै जसो विद्यार्थीहरुको प्रतिनिधिलाई प्रत्यक्ष भेटेर प्रश्न गर्ने ईच्छा हुने भएकाले यस्ता कार्यक्रमले विद्यार्थीहरुलाई विश्वासको आधार दिने इडनमा अध्यायनरत विद्यार्थीका अभिभावकहरु बताउछन् ।

यो १० वर्षको अन्तरालमा कार्यलय र कक्षा कोठाले पनि रंगरुप फेरेको छ । १० वर्ष अघि सुरुवात गर्दा सिमित पूर्वाधारहरुको साथमा सुरु भएको थियो तर अहिले ईडनको पठनपाठनको शैली र आवश्यक आधुनिक उपकरणहरुको प्रयोगलाई प्राथमिकतामा राखेको इडनकी सन्चालिका पुनम राई बताउनुहुन्छ । अहिलेका कक्षाहरुमा ए.सी. जडित छन् । विद्यार्थीहरुको सहजताको लागि यसो गरिएको उहाँले प्रस्ट पार्नु भयो । त्यसबाहेक, पावरपोइन्ट स्लाइड, विभिन्न अडियो तथा भिडियोलाई प्रयोग गरी अध्ययनलाई प्रभावकारी रुपमा अधि बढाएको छ । यसले गर्दा पुर्वमा इडन बैदेशिक अध्यायनमा जाने विद्यार्थीहरुको पहिलो रोजाई भएको छ । इडनमा कार्यरत सम्पूर्ण शिक्षकहरुलाई समय समयमा विभिन्न सेमिनार र वर्कशपमा ट्रेनिङका लागि पठाउने गरेको पनि संचालिका राईले जानकारी दिनुभयो । यस प्रकारका ट्रेनिङहरुले शिक्षक शिक्षिकाहरुको दक्षतालाई अझ थप उर्जा दिने गर्छ, त्यसैले यसले अझ पठनपाठनमा महत्वपुर्ण टेवा दिने उहाको दावी छ । त्यति मात्र नभएर ईडनले हरेक साता शनिबारको दिन “मोक टेस्ट” गराउने गरेको छ जुन वास्तविक परिक्षा जस्तै हुने गर्छ । ईडनमा तयारी गरिरहेका विद्यार्थीहरुले वास्तविक परिक्षाको अनुभव पनि गर्न पाउने छन् । हाल ईडनमा करिब १० प्रकारका कक्षाहरु संचालनमा रहेको जानकारी ईडनकी रिसेप्सनिस्ट सृजना राईले बताउनुभयो । यी सम्पूर्ण कोर्सहरुमा वार्षिक करिब एक हजार विद्यार्थीहरुले तयारी गर्दै आएको जानकारी पनि उहाँले गराउनुभयो ।
यी र यस्तै विशेषताहरुले ईडनलाई विश्वास र भरोसाको प्रतिक बनाएको छ । धेरै लामो समयको अनुभव र विद्यार्थीहरुसंगको सम्बन्धले ईडन प्रतिको आम मानिसको भरोसा दिनानुदिन बढ्दै गएको छ । काठमाडौं धाएर खर्चिलो ढंगबाट हुने गरेको वैदेशिक अध्ययनको प्रकृयाको राम्रो विकल्प ईडनले पूर्वका विद्यार्थीहरुलाई दिएको छ । समय अनुकुल ल्याइनु पर्ने परिवर्तनहरुमा पनि ईडन सबैभन्दा अगाडि भएको देखिन्छ । ईडनकी संचालिका पुनम राई भन्नुहुन्छ, “ विधार्थी र अभिभावकहरुको विश्वासनै हाम्रो सबैभन्दा ठुलो सम्पत्ति हो” । जे होस पुर्वमा आफनै पहिचान बनाउन सफल भएको छ इडनले । बैदेशिक अध्यायनका लागि काठमाण्डौनै जानुपर्ने अनि उतै बसेर पढनुपर्ने पुर्वेली विद्यार्थीहरुको बाध्यतालाई इडनले दुर गरिदिएको छ । बैदेशिक अध्यायनमा जान चाहाने विद्यार्थीहरुको भरपर्दाे कन्सल्टेन्सी पुर्वमा वन्दै गएको छ इडन । यतिमात्रै नभएर धरानलाई शैक्षिक हव भनिरहेको बेलामा इडनले पनि आफनो महत्वपुर्ण भुमिका निर्वाह गर्न सफल भएकोछ ।
..............................................................................................

के छ त्यस्तो इडेनमा ?


पुर्वमा प छिल्लो  Smriti Rai

 समय बैदेशिक अध्यायनका लागि बाहिर गएर अध्यायन गर्ने विद्यार्थीहरुलाई धरानमा रहेको इडेन एकेडेमी कन्सल्टेन्सी प्रा.ली.ले पुलको काम गरिदिएको छ । यहा विभिन्न देशमा अध्यायनका लागि जाने विद्यार्थीहरुलाई विभिन्न भाषा तथा अंग्रेजी क्ष्भ्ीत्क् लगायत थुप्रै विषयहरु पढाउने र शैक्षिक परामर्श दिनेगरेको छ । यो संगै बैदेशिक अध्यायनमा जान चाहाने विद्यार्थीहरुलाई केन्द्रित गरेर विभिन्न देशका विश्व विद्यालयका प्रतिनिधिहरुलाई उपस्थित गराएर फ्रि सेमिनर, एडमिसन डे जस्ता कार्यक्रमहरु गर्दे आईरहेको छ । यसैगरी अहिलेको समय अनुसार इडेनले आफनो सिकाई र कक्षा कोठालाई निकै राम्रो बनाएर विदेशमा जस्तै अध्यायन गर्ने स्थलकोरुपमा विकास गरेको छ । यहा डिजिटल मल्टिमिडिया संगै आधुनिक तरिकाले पठनपाठन हुनुका साथै वातानुकुलित कक्षा कोठा भएकोले विद्यार्थीहरुलाई पठनपाठनमा सहज हुनेगरेको छ । यहीक्रममा इडेन एकेडेमी कन्सल्टेन्सी प्रा.ली. मा अध्यानरत विद्यार्थीहरुलाई तपाइलाई इडेन कस्तो लाग्छ ? र किन ? के छ त्यस्तो इडेनमा ? भनेर विद्यार्थीहरुलाई सोधेकाछौ । विद्यार्थीहरुको भनाई जस्ताको तस्तई यहा प्रस्तुत गरेकाछौ ।

इडेन एकेडेमी कन्सल्टेन्सी प्रा.ली राम्रो लाग्छ । किनकी इडेनले गर्दा हामी विद्यार्थीले विदेश गएर पढ्ने अवसर पाएका छौँ। हामी धरानमा बसेर पनि विदेशीभाषा पढ्न पाएका छौँ साथै बउउथि पनि गर्न पाएका छौँ । इडेनमा नियमित पढाई हुनका साथै पढ्ने राम्रो वातावरण छ । तथा अत्याधुनिक कक्षाकोेठाको व्यवस्था पनि छ । यी कारणले गर्दा इडेन राम्रो छ ।
स्मृति राई

जापानीज भाषा अध्यायनरत विद्यार्थी

मलाई इडेRina Raiन एकदम राम्रो लाग्छ । किनकी मैले नजानेको कुराहरु जस्तै अङ्ग्रेजी बोल्न वा लेख्न त्यति राम्रोसँग आउदैन त्यसैले मैले इडेनमा भर्ना लिएकी छु । यस इडेनमा भर्ना भएपछि मैले नजानेका कुराहरु सिक्नपाएँ । यहाँ आएपछि मेरो अङ्ग्रेजी निकै राम्रो भएको छ । त्यसैले मलाई इडेन राम्रो लाग्छ । मेरो लागिमात्रहोइन म जस्ता अन्य अङ्ग्रेजी राम्रोसँग लेख्न वाबोल्न नजान्नेले यस इडेनमा भर्ना लिई आफनो अङ्ग्रेजी निकै ष्mउचयखभ गर्न सकिन्छ भन्न चाहान्छु ।

इडेनमा मैले नजानेका अङ्ग्रेजी शब्दहरु यहाँ भर्ना भएपछि अलिक जान्नथालेकी छु । यहाँका शिक्षिकाहरुले मैले नजानेका कुराहरु एकदम सरल तरिकाले सिकाउनु हुन्छ र यहाँ पढ्ने वातावरण राम्रो छ र हामीलाई अङ्ग्रेजी सिक्न एकदम सरल हुन्छ । र आफुलाई केहि गर्छु भनेर आत्मविश्वास दिलाउँछ ।

रिना राई
 विद्यार्थी
Samina Lama इडेन एकेडेमी पूर्वाञ्चलकै उत्कृष्ट विदेशी भाषा सिकाउने संस्था भएकोले हामीलाई इडेनमा पढ्न पाउदा राम्रो लाग्छ । यहाँका शिक्षक तथाअन्यकर्मचारीहरु एकदम सहयोगी र मिजासिलो हुनुहुन्छ । म आफ्नो साथीहरुलाई पनि इडेन चभअयmmभलम गर्छु ।
समिना लामा
 विद्यार्थी