धरान / विराटनगरको रानीदेखि चीनसँग जोडिने किमाथाङ्का नाकासम्म सडक जोड्न काम धिमा गतिमा धमाधम भईरहेको छ । किमाथाङ्कासम्मको ट्रयाक जोडिन अब २३ किलोमिटर मात्रै बाँकी रहेको रानी–किमाथाङ्का त्रिदेशिय सडक आयोजनाले जनाएको छ । ३४५ किमी लम्बाई रहेको यो सडक प्रदेश एकको मुख्य व्यापारिक मार्गले गाउँ–गाउँसँगै तीव्रत्तर आर्थिक समृद्धि पछ्याइरेहेका दुई ठूला मुलुक चीन र भारतलाई समेत जोड्दै छ ।
विराटनगर रानीदेखि धरानसम्म ४९ किमी सडक ६ लेनको चौडा पार्ने कार्य पनि भईरहेको छ । धरानदेखि किमाथाङ्कासम्म भने दुई लेनको सडक बन्दैछ । रानीदेखि धरानसम्मको ४९ किलोमिटर सडक मध्य १४ किमी तराहरा–धरानसम्म ठेक्का लाग्न बाँकी रहेको आयोजनाले जनाएको छ । रानी–विराटनगर–इटहरी–धरान सडक योजनाका इञ्जिनियर सुमुध पोखरेलले ६ लेन सडकको लागि १० अर्ब ९८ करोड रूपैयाँको लागतमा काम भइरहेको बताए ।
धरानको कोशी राजमार्ग अन्तर्गतको सडक ३० फिटको मात्र रहेकोले सडकलाई विस्तार गर्दा धरान बजार भित्रका घरहरु पर्ने भएकाले कहाँबाट सडक विस्तार गनेर्् भन्ने विवादले धरान–तरहराको १४ किमी सडकको ठेक्का लाग्न सकेको छैन् ।
सडक मिचेर घर बनाइका व्यापारीहरुलाई संरक्षण गर्न केही राजनीतिक दलका नेताहरुले धरानलाई वाईपास गरेर सडक बनाउने अवधारणासमेत अघि सारेको पाईन्छ । तर मुख्य बजारलाई वाईपास गर्दा धरान शुन्य हुने चिन्ता धेरैको छ । धरानका पर्यटन व्यवसयी बासुदेव बराल रानी–किमाथाङ्का सडक वाईपास गरेर लान नहुने तर्क राखेका छन् । धनकुटाको उदाहरण दिदै वाईपास सडक भए पछि कोही पनि धरानमा अडिदैनन् । पर्यटकीय हिसावमा धरान ओझेलमा पर्ने उनको तर्क छ । जति पनि ठूला शहरमा वाईपास सडक हुदा ती शहरहरु ओझेलमा परेको उनको भनाई छ । केही नोगोसेसनमा फाराकिलो गरेर मुख्य बजारबाट सडक लान उपयुक्त हुने धेरैको सुझाव रहेको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रि हिक्मत कार्कीले पनि धरानको एक कार्यक्रममा छ लेनको बाटो बजारबाटै लगिने बताएका छन् । लामो सयम धरान बसोवास गरेर मन्त्रि कार्कीले वाईपास सडक बनाए धरानलाई ठूलो घाटा हुने भन्दै प्रदेशको प्रदेश सरकारको चाहाना मुख्य बजारबाटै सडक बन्नु पर्ने रहेको बताए ।
‘धरानको बाटो कताबाट लाने भनेर विवाद नगरौ धरानको उन्नती र विकासका लागि विचबाटै बोटो राम्रो हुन्छ ।’–मन्त्रि कार्कीले भने । धरानलाई ओझेलमा पार्ने काम कोही कसैले गर्न नहुने उनको भनाई थियो ।
धरान बजारक्षेत्र करिव ६ किमी पर्छ । धरानको बरगाछीदेखि पेट्रोल पम्पसम्म करिव साढे ४ किमी बजारमा ३० फिट मात्र छाडेर घर बनेका छन् । साँगुरा भईरहेको सडकमा धरान उपमहानगरपालिकाले सडक किनारामा फुल रोपेर झन साँगुरो बनाएको छ । सडकमै सवारी पार्किङसमेत हुदा बजार बजार निकै अस्थव्यस्थ हुदै आएको छ ।
धरानमा कहाँबाट सडक विस्तार गर्ने भन्ने टुङगो लागेसँगै तराहरा–धरानको सडक निर्माणका लागि ठेक्का लाग्ने रानी–धरान सडक आयोजनाका इन्जीनियर सुमुध पोखरेलले बताएका छन् ।
नेपाल सरकारको राष्ट्रिय गौरवको आयोजनामा परेको कोशी करिडोर रानी–धनकुटा–किमाथाङका सडक० निर्माणको काम अन्तर्गत धरानसम्मको सडकको ठेक्का अवधी २०७६ सम्म रहेको छ । विराटनगरदेखि तराहरासम्म विस्तार गनेृ काम भईरहेको छ । करिव १० किमी कालोपत्रेसमेत भईसकेको छ । अन्य स्थानमा विजुलीको पोल, रुखहरु हटाउन आन्तरिक समस्या भएका कारण ढिलाई भईरहेको आयोजनाले जनाएको छ ।