धरान / शिक्षा, स्वास्थ्य, पर्यटनको हव धरान प्रदेश १ मा रहेका दुई उपमहानगर मध्य एक हो ।  २० वटा  रहेको धरानको १ नंं वडा एउटा सानो भूगोलमा अवस्थित छ । मुख्य बजार क्षेत्र र सबै भन्दा बढि उद्योगी, व्यापारीहरु बसोबास गर्ने १ नं. वडा पर्दछ । नेकपा एमालेले उक्त वडामा बैशाख ३० गते हुने निर्वाचनका लागि व्यवासायी पृष्ठभूमीबाट राजनीतिमा उदाएका युवा नेता सुमनकुमार श्रेष्ठलाई वडाध्यक्षको उम्मेद्वार बनाएको छ । भोजपुरको टक्सारमा २०३८ सालमा जन्मेका श्रेष्ठ धरान उपमहानगरमा एमालेले उठाएका वडाध्यक्ष मध्य सबै भन्दा कान्छा उम्मेद्वार हुनुहुन्छ । संयोगवस उहाँको टिममा ३५ देखि ४२ हराहारीका युवाहरुलाई उम्मेद्वार बनाएको छ । सृर्जना राई, विकी विश्वकर्मा, कृष्ण उदास र कृष्ण साहलाई सदस्यहरुमा एमालेले पठाएको छ । उहाँहरु सबै युवा हुनु हुन्छ । मुलुकको नेतृत्व युवामा हुनु पर्छ भन्ने आवाज उठिरहेका बेला धरान १ नं. वडाले भने सबै युवा नेतृत्व पाएको छ । 

राष्ट्रपति लगायत ठूला ओहोदामा पुग्ने व्यक्ति उत्पादन गर्ने जिल्ला भोजपुरबाट श्रेष्ठ २०५४ सालमा स्नातक तहको अध्ययनका लागि धरान झर्नु भएको थियो । महेन्द्र क्याम्पस अध्ययन गदैं गर्दा उहाँ विद्यार्थी राजनीतिमा लाग्नु भयो । २०५२ सालमै संगठित सदस्य लिनु भएका श्रेष्ठ राजनीतिसँगै व्यवसायमा पनि सक्रिय हुनु भयो । २०६५ सालदेखि उहाँ व्यवसायीमा जम्नु भएको थियो । स्काई सोप दर्ता गरेर फिटनेसको सामान बेच्दैं आउनु भएको छ । स्काई सुज पनि नेपाल मै उत्पादन गरि विक्रि गर्दै आएनु भएको छ । पछिल्लो समय उहाँको स्काई  एजुकेसन कन्सल्टेन्सी र स्काई टेलिभिजन पनि चलाउदैं आउनु भएको छ । ‘स्काई’ नाम ब्राण्डिङ गरि उहाँले व्यवसायीमा ठूलो फड्को मार्नु भएको छ । हालका वडाध्यक्ष रोशन अधिकारीको घरमा १० बर्षसम्म भाडामा बस्नु भएका श्रेष्ठले धरान–१ पृथ्वी मार्गमा घर बनाएर स्थायी बसोवास गदैं आउनु भएको छ ।

उहाँ व्यवसायीमा सफल व्यक्ति हुनु हुन्छ । धरानको खेलकुद शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि उहाँ एउटा सेवकको रुपमा परिचित हुनु हुन्छ । युवा, विद्यार्थी, जेष्ठ नागरिक सबैसँग उतिकै घुमिल हुन सक्ने श्रेष्ठ अवका दिनमा आफ्नो वडाको विकास गर्नु पर्छ भनेर राजनीतिमा होमिनु भएको छ । वडा सरकार प्रमुख भएर वडालाई समुन्नत बनाउन उहाँले नयाँ भिजनसमेत बनाउनु भएको छ । व्यवसायबाट बदलिएका श्रेष्ठ अव वडा र वडाबासीहरुलाई बदल्ने चाहाना भएको बताउनु हुन्छ । वडामा श्रोत साधान प्रसस्त भए पनि त्यसको परिचालन र प्रदेश तथा केन्द्र सरकारसँगको समन्वयको अभावमा परिचालन हुन सक्दा वडा पछि परेको उहाँको बुझाई छ । पढेलेखेका युवाहरुको नेतृत्वले मात्र वडाको मुहार फेर्न सक्ने उहाँको दावी छ ।

वडाध्यक्ष कस्तो हुनु पर्छ


स्थानीय सरकारमा वडाको नेतृत्व महत्वपूर्ण कुरा हो । सही, सवल र सक्षम नेतृत्वले नै वडाको मुहार फेर्न सक्छ । त्यसमा युवा वर्गको नेतृत्वको आवश्यकता छ । ती सबै मान्यता आफुमा भएकाले वडाको नेतृत्वमा आउन चाहेको उहाँ बताउनु हुन्छ । उहाँको विचारमा सकरात्मक सोच, प्रष्ट भिजन भएको, त्यो भिजन लागु गर्ने सामार्थे भएको, जनताका समस्याहरु बुझेको व्यक्ति मात्र वडाध्यक्ष बन्न लायक हुने छ । वडाको विकास र विस्तारका लागि नगर, प्रदेश र केन्द्रमा पहुँच राख्ने ल्याकत भएको हुनु पर्ने उहाँको बुझाई छ । आफुसँग यि र यस्ता क्षमता भएका कारण वडाको नेतृत्वमा आउन चाहेको र जनताबाट अनुमोदनका लागि उपस्थिति भएको उहाँ बताउनु हुन्छ । ‘अवको नेतृत्व बौद्धिक वर्ग, शिक्षित वर्ग, युवा वर्गको आवश्यक छ । जनताको एजेण्डा स्थापीत गर्ने र पुरा गर्ने मान्छे चाहिन्छ । त्यस्ता गुण ममा छ ।’–जनतासँग मत माग्दैं गर्दा भेटिएका युवा उम्मेद्वार श्रेष्ठ भन्नु हुन्छ । चाइना, उत्तर कोरियालगायतका मुलुकमा राज्यका हरेक तहमा युवाको नेतृत्व छ र त ती देश संसारका शक्तिशाली देश भएका छन् । हरेक नीति निर्माण तहमा ती देशमा नेतृत्व युवाको छ । विकास र समृद्धि युवाबाट मात्र सम्भव भएको उहाँ बताउनु हुन्छ ।

कोही युवा बेरोजगार नहुन, कुनै न कुनै काममा व्यस्थ हुन

उहाँले एक जना काम गरेर अन्य तीन÷चार परिवारका सदस्यहरु त्यतिकै बसेर खाने परम्परा राम्ररी बुझनु भएको छ । धरानका युवाहरु  केही काम नभएर कुलतमा फसेका छन् ।  रित्तो दिमाख भएकै कारण  दुव्र्यशनीमा फसेका छन् । यस्ता युवाहरुमा जागरण ल्याउन वडाले रोजगामुखी कार्यक्रम ल्याउनु पर्छ । उनीहरुमा जागरण ल्याउन अभियान चलाउनु पर्छ । त्यो अभियान सफलताको उचाईमा पु¥याउन आफ्नो नेतृत्वको दावी रहेको उहाँको भनाई छ । अव वडावासीहरुले पुराना प्रवृतिका व्यक्ति होइन, अपडेट युवा पुस्ताको नेतृत्व चाहेका छन् । शिक्षा, स्वास्थ्य, रोजगारसँग वडावासीलाई प्रत्यक्ष जोड्ने व्यक्ति चाहेका छन् ।

May be an image of 5 people and people standing

पहिलेका वडाध्यक्ष आफु बदलिए वडाबासी र वडालाई बदलेनन्

२००७ साल पछिको विभिन्न नेतृत्वको सरकार आउदा झण्डै १० जना वडाको नेतृत्वमा आए होला तर कोही अफडेट भिजन लिएर आउन सकेनन् । ‘वडामा आए आफु बदलिएर गए । तर वडा र वडावासीलाई बदल्ने नकुनै योजना ल्याए नकुनै भिजन दिए ।’–श्रेष्ठले भन्नु भयो–‘म आफु बदलिन होइन वडा वडावासीलाई बदल्न नेतृत्वमा जान खोजेको हो । मलाई कमाउन कुनै लोभ लालचा छैन् । २१ बर्षे व्यवसायी जीवनमा ती आकाक्षा पुरा गरेको छु । अव मात्र जनताको सासक होइन सेवक भएर पाँच बर्ष काम गर्ने इच्छा छ ।’ त्यसको अनुमोदनका लागि हाम्रो टिम मतदाता सामु उपस्थित भएको उहाँ बताउनु हुन्छ ।

नेताहरुमा एउटा विशेषता नै छ,। पदमा पुगेपछि बदलिने । तर श्रेष्ठले भने वडा बदल्ने आफु नबदलिने प्रतिज्ञा गर्नु भएको छ । ‘खास वडाध्यक्ष चाही सुमन श्रेष्ठ जस्तो हुनु पर्छ’ भन्ने वडामा फैलाउने उहाँको एउटा ठूलो सपना छ । जनताको मुद्धामा हराउने र उनीहरुको सफलतामा रमाउने एउटा अर्को सपना छ । उनीहरुको सेवक भएर पाँच बर्ष विताउने अर्को तेश्रो सपना छ ।

पर्यटन, शिक्षा र स्वास्थ्य, रोजगारको क्षेत्रमा गर्ने नयाँ कामहरुको लामो फेहरिस्त बोकेर उहाँ चुनावी मैदानमा उत्रनु भएको छ । ‘म गर्न सक्ने मात्रै बोल्छु । मैले धेरै कुरा भनेको छैन । तर आगामी ५ वर्षमा मेरो वडालाई नगरकै उत्कृष्ट वडा बनाउँछु ।’–उहाँले भन्नु भयो ।