धरान / धरान उपमहानगरपालिकाको एउटा ऐतिहासिक र धार्मिक स्थल धरान–१४ विजयपुर क्षेत्र पर्छ । ९८० घरधुरी, करिव ५ हजार जनसंख्या भएको यस वडामा २ हजार ८६६ जना मतदाता छन् । धार्मिक र ऐतिहासिक वडाको नेतृत्व युवा नेता कृष्णप्रसाद भट्टराईले गर्नु भएको थियो । गत शनिवार मात्र राजीनामा दिएर उहाँ फेरी वडाध्यक्षको उम्मेद्वार बन्नु भएको छ । १ हजार ७८ मत ल्याएर प्रतिपक्ष एमालेका झलक श्रेष्ठसँग ५३८ मतान्तरमा सानदार जीत हासिल गर्नु भएका भट्टराई यो निर्वाचनमा भने भिन्न चुनाव चिन्हबाट उम्मेद्वार बन्नु भएको छ । लामो समय नेपाली कांँग्रेसमा लाग्नु भएका भट्टराई पार्टीको सिफारिसमा पहिलो नं.मा हुदा हुदैं वडाको टिकट श्याम श्रेष्ठको आए पछि उहाँ विखलन्दनमा पर्नु भएको थियो । तर जनताले जुनसुकै चुनाव चिन्ह लिएर भए पनि मैदानमा आउन सल्लाहा दिए पछि उहाँ चुनाव चिन्ह हलो लिएर मनोनयन दर्ता गर्नु भयो । आफ्ना वडाका दलवलसहित राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेर यति बेला उहाँ चुनावी मैदानमा हुनु हुन्छ । 

धरानमा जाग्दैं गरेको राप्रपामा जाने इच्चा देखाए पछि राप्रपाका युवा नेता लक्ष्मण बस्नेतले सहजीकरण गरेर उहाँलाई टिकट दिलाउन सहयोग गर्नु भयो । कृष्ण भट्टराईको प्रवेशसँगै धरान १४ मा राप्रपाको उपस्थिति बढेको छ । हुन त उहाँका परिवार सबै राप्रपामा हुनु हुन्छ । स्व. देविप्रसाद  भट्टराई राम्रपाका संस्थापक सदस्य हुनुहुन्थ्यो । 

 ‘म कुनै अवसरका लागि पार्टी परिवर्तन गरेको होइन । तर नेपाली कांंग्रेसले अन्तिम अवस्थामा आएर घात गरे पछि जनताको राय अनुसार फेरी हलो चिन्ह लिएर मैदानमा आएको छु ।’–उहाँले भन्नु भयो–‘जनताको काम गरेर लोकप्रियाता पाए । उहाँहरुकै सल्लाहामा फेरी आए ।’ पाँच बर्षमा मैले गरेको कामको प्रभावले फेरी पनि जनताले मलाई रोजेकाले पुन अनुमोदनका लागि मैदानमा आएको उहाँ बताउनु हुन्छ । उहाँ वडामा युवा, विद्यार्थी, जेष्ठ नागरिक सबैसँग घुलमेल हुन सक्ने व्यक्ति भएकाले नेतृत्वमा फेरी आउन उहाँलाई दवाव छ ।

पाँच बर्षका काम

वडाको शिक्षा, स्वास्थ्य, पर्यटन, भौतिक पूर्वाधारमा मैले धेरै काम गरेको छु । मैले प्रतिवद्धता जनाएका ७५ प्रतिशत पुरा गर्न पाए । दुई बर्ष कोरोना महामारीले थलिएर २५ प्रतिशत काम थाती रहेका थिए । तीनै काम पुरा गर्न फेरी वडाध्यक्षमा आउन चाहेको हो । वडामा झण्डै १० किमी सडक बनेका छन् । प्रायः सबै सडक पिच छन् । गुणस्तरीय शिक्षाका लागि काम भएका छन् । शिक्षक अभाव टार्न वडाबाट दुई जना शिक्षक व्यवस्थापन गरिएको छ । यहाँ आउने पर्यटकहरुलाई सजिलोको लागि सूचना केन्द निर्माण गरिएको छ । विजयपुरमा अवस्थित पिण्डेश्वर, दन्तकाली, बुढासुब्बा र पञ्चकन्या मन्दिरमा आउने आन्तरिक तथा बाहिय पर्यटकहरुको अभिलेखिकरण गरिदैं आएको छ । पाँच बर्ष अघि यस्तो व्यवस्थापन थिएन । 

मैले आफ्नै तलवबाट व्यक्तिगत घटना दर्ता गर्न पैसा तिरि दिएको छ ।  जन्म मृत्यु विवहा दर्ता ३५ दिन काटे पछि दस्तुर तिर्नु पर्ने हुन्छ । यस्तै नागरिकता सिफारिस पनि जनतालाई निशुल्क गरि दिएको छु । यस्ता विभिन्न लोककल्याणकारी कामले मलाई जनताले विश्वास गर्नु भएको छ । आधारभूत स्वास्थ्य केन्द्र, अस्थायी प्रहरी चौकी स्थापना भएका छन् । वडामा खासै ठूलो बजेट थिएन । तर संघ प्रदेशसँगको सहकार्य ठूला आयोजना सञ्चालन गर्ने मौका मिलेको छ । पाइपलाइनमा रहेका पूर्वाधार विकास, आयोजनाहरु पुरा गर्न मेरो उम्मेद्वारी हो ।

अवका योजना

मैले जनातालाई खासै ठूलो सपना बाढेको छैन् । यहाँका जनताको जीवनस्तर उकास्न आयआर्जका कार्यक्रम, महिलाहरुका लागि सीप विकासका काम, यहाँका मठमन्दिरको स्तारोन्नतीका कामलाई प्राथमिकतामा राखेको छु । धरानमा खानेपानीको ठूलो समस्या छ । आगामी एक बर्ष भित्र बोरिङ गरेर र पानीको श्रोतको पहिचान गरेर पानीको व्यवस्थापन गर्ने योजना बनाएको छु । यि काम सम्भव छन् । मैले जनताको सेवाका लागि आफ्नो सेवा सुविधा नलिने सङ्कल्प गरेको छु । मेरो सेवा सुविधा जनताको कामका लागि खर्चिने छु । युवाहरुको लागि रोजगारीको सृर्जना, खेलकुद विकास, सीपयुक्त तालिमहरुको व्यवस्थापन, सुकुम्वासीहरुको उचित व्यवस्थापन मेरा अवका एजेण्डा हुने छन् । म ठूलो आश्वासन बाढ्दीन । गर्न सक्ने काम मात्र भन्छु । संघ र प्रदेशसँग मिलेर यहाँका पर्यटन प्रवद्धनका लागि काम गर्ने छु ।’–भट्टराईले भन्नु भयो । धरान पर्यटकीय हव भनिए पनि एक रातसम्म बसेर धरान घुम्ने ठाउँ छैनन् । पर्यटकहरुलाई धरान मै बसेर धरान घुम्ने वातावरणको आवश्यकता छ । त्यसका लागि गुरुयोजना बनाएर काम गर्ने उहाँको सोच छ । धरानको विजयपुरलाई अन्य धार्मिक क्षेत्र जस्तै रामधुनी, विष्णुपादुका, बराहक्षेत्र, छिन्ताङ देविलगायतसँग धार्मिक सर्किट बनाएर यहाँको विकास गर्ने उहाँको सोच छ । यी चारधाम घुमेर राती धरानको विजयपुर बसेर धरान अवलोकन गर्ने वातावरण पर्यटकहरुका लागि बनाउने उहाँको योजना छ ।

May be an image of 3 people, people standing and sky