धरान / धरानमा पनि छठपर्व धुमधामका साथ मनाउने तयारी गरिएको छ । सूर्य भगवानको उपासना गरिने यस पर्वमा नेपालको तराई तथा मधेशी समुदायका श्रद्धालुहरुका लागि धरानमा दुई प्रमुख स्थानमा छठपूजा गर्ने व्यवस्था गरिएको छ । पेसा र व्यवसायका कारण पोखरामै बसोबास गरिरहेका तराई–मधेशका समुदायका श्रद्धालुहरूसँगसँगै पहाडे समुदायले पनि धरानमा धुमधामका साथ छठ पर्व मनाउदैं आएका छन् ।
विदेश गरेर सेउती र सर्दु खोलाको किनार पूजाका लागि विशेष रूपमा सजाइएको र वरपर सरसफाइ गरिएको छ । सेउती खोलाका धरान १५ काठेपुल र सर्दु खोलाको धरान १३ मा पूजाको प्रबन्ध गरिएको छ ।
छठपर्व मनाउने भक्तहरूका लागि सहज वातावरण सिर्जना गर्न समिति नै बनाएर सरसफाइदेखि आन्तरिक व्यवस्थापनसम्ममा जुटेका हुन् ।
स्थानीय विजय साहका अनुसार छठ पूजामा आज साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिइने र मङ्गलबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर समापन गरिने । पूजा स्थलहरूमा फूलमाला, रङ्गीन बत्ती र टेन्ट जडान गरी श्रद्धालुका लागि बस्ने व्यवस्था मिलाइएको छ ।
भक्तजनहरूले पञ्चमीका दिन व्रत बस्ने (खड्ना) र राति पूजा गर्ने परम्परा रहेको छ । केराको खम्बा, भोगटे, सुन्तला, उखु, अदुवा, लगायतका फलफूलका बोटहरूबाट मण्डप सजाइने र सूर्यदेवलाई भगवानको रूपमा पूजा गरेर मनोकामना पूर्ति हुने विश्वासका साथ वर्त बस्नै गरिएको छ ।
धरानमा झण्डै ५ हजारको हाराहारीमा नागरिकले छठपर्व मनाउने गरेको बताइन्छ । पछिल्लो समय तराईसहित पहाडी समुदायमासमेत छठ मनाउने प्रचलन बढेको पाइन्छ ।



















