कतारका सबै बालुवा कणमा,नेपालीको नै छ पौरख |
चिल्ला सडक अनि पुल हेरेर, सन्तति गर्दाहुन् गौरब ||
नेपाली कै पसिनाले सिन्चियेका, कतारका सबै बालुवा |
हाम्रै पौरख अनि साथले हेर, कतारले फेर्यो पालुवा ||

नेपाली जननै भेटिन्छन् जहाँनि, कतारका धेरै ठाउँमा |
गर्छन् सधैं काम प्रचण्ड घाममा, सुको कमाउने नाउँमा ||
अरुदेशकाहर संगै मिलेर, हांसी खुशीसाथ बस्दछन् |
सदभाब बढाई सबै मिलेर, आपसमा खुशी साट्दछन् ||

नेपाली जनका झरेर पसिना, फ़ेर्दैछ मुहार देशले |
दुखले पिल्सिएका नेपाललाई, किन देख्दैन सरकारले??
दिन् रात नभनी डिउटी गर्दछन्, तिन्मास सुको पाउदैनन् |
त्यहि पनि हेर यी नेपाली जन, अड्डाअदालत् धाउदैनन् ||

अहिले यो नयाँ नियम आएर, धेरैलाई भयो राहत |
महिनाको तलब हाली खातामा, यो राष्ट्रले दियो है साथ ||
हामीसंग यस्ता दुखका पोखरी, कैयौं छन् सुनाउनलाइ |
लेखे दोश्रो मुना मदन बन्नेछ, श्रमिक् गुन्गुनाउन लाइ ||

जवानी यहीं बिकासमा निख्रियो, बुढेशकालमा फ़िर्नुछ |
स्वर्ग समान मातृभूमि देशको, जन्मऋण अझै तिर्नुछ ||
दियौं योग्दान कतार बनाउन, बुढेश्काल नहोस् अभिशाप् |
ब्यर्थै जवानी रगत बगोभनि, गर्नु नपरोस् पश्चाताप ||