वि.सं. २०७५ साल जेठ ७ गते। सोमबार। इश्वी सन् २०१८ मे २१ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। ग्रीष्म ऋतु। नेपाल संवत् ११३८ अनलाथ्व। अधिक ज्येष्ठ शुक्लपक्ष। तिथि– सप्तमी, २६:११ बजेउप्रान्त अष्टमी। नक्षत्र– अश्लेषा, २५:२५ बजेउप्रान्त मघा। योग– वृद्धि, १०:०१ बजेउप्रान्त ध्रुव। करण– गर, १५:२० बजेदेखि वणिज, २६:११ बजेउप्रान्त भद्रा। आनन्दादिमा सौम्य योग। चन्द्रराशि– कर्कट, २५:२५ बजेउप्रान्त सिंह। काठमाडौंमा सूर्योदय– ५:१४ बजे, सूर्यास्त– १८:४८ बजे र दिनमान ३३ घडी ५५ पला।

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यमा अवरोध आउला । व्यर्थको सास्ति खेप्नु पर्नेछ । घर परिवारमा झै–झमेलाको अवस्था आउला । अधिक धन खर्च हुनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आकस्मिक धनलाभ हुनेछ । महिला वर्गबाट सहयोग मिल्नेछ । पारिवारिक सद्भाव बढ्नेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) वैदेशिक क्षेत्र कमजोर रहला । सौन्दर्यतामा धन खर्च हुनेछ । पैतृकसम्पत्तिमा विवाद बढ्नेछ । स्वस्थ्य सम्बन्धी चिन्ता बढ्नेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) अरूलाई प्रभावित पारेर काम बन्नेछ । वाक्चतु¥र्याईँले सङ्कल्प सिद्ध हुनेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । पुनर्मिलनको योग रहेको छ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) मनमा दुविधा उत्पन्न हुनेछ । आफ्नो अधिकार प्रातिका लागि संघर्श गर्नु पर्ला । फितलो यात्रा हुनेछ । प्रेममा मतभेद बढ्नेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) विशिष्ट व्यत्तिको भेटघाटले मन प्रसन्न हुनेछ । सवारी साधनको खरिद बिक्री हुने योग छ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) इनाम र प्रतिष्ठा कमाउने बेलाछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । रोमाञ्चक यात्रा होला । कला र गलाको प्रभाव बढ्नेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ । शुभ समाचार सुन्न पाइएला । वैदेशिक कार्य अघि बढ्नेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) प्रेमीको सहयोग प्राप्त हुनेछ । परिवारमा सुख सन्तोष छाउनेछ । रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । शुभकार्यको चर्चा चल्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) प्रेममा सफलता प्राप्त हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । श्रमदान गर्ने अवसर मिल्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) घरमा अतिथीको आगमन हुनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । प्रेम सम्वन्ध कसिलो हुनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) न्यायिक कार्यमा सफलता मिल्नेछ । आँटेकोे र ताकेको कार्य पुरा होला । आफन्तको प्रगतिमा मन रमाउनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । - ज्यो.प. नारायणप्रसाद दुलाल