वि.सं. २०७५ साल जेठ ५ गते। शनिबार। इश्वी सन् २०१८ मे १९ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। ग्रीष्म ऋतु। नेपाल संवत् ११३८ अनलाथ्व। अधिक ज्येष्ठ शुक्लपक्ष। तिथि– चतुर्थी, ९:२६ बजेउप्रान्त पञ्चमी। नक्षत्र– आर्द्रा, ६:१८ बजेदेखि पुनर्वशु, २८:३८ बजेउप्रान्त तिष्य। योग– शूल, १६:०८ बजेउप्रान्त गण्ड। करण– भद्रा, ९:२६ बजेदेखि वव, २०:१२ बजेउप्रान्त वालव। आनन्दादिमा मुद्गर योग। चन्द्रराशि– मिथुन, २३:०३ बजेउप्रान्त कर्कट। काठमाडौंमा सूर्योदय– ५:१५ बजे, सूर्यास्त– १८:४७ बजे र दिनमान ३३ घडी ५० पला।

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । आँटेकोे र ताकेको कार्य पुरा हुनेछ । सन्तानबाट सहयोग मिल्नेछ । समाजसेवामा मन लाग्नेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । बित्तिय संस्थाबाट सहयोग पाईनेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । बैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । मित्र वा आफन्तको सहयोगबाट सहयोग पाईनेछ । नयाँ कार्यको थालनी हुनेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) पार्टी पिकनिक तथा सेमिनारमा सहभागीता भइएला । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आम्दानी बढाउने काम सुरू गर्न सकिनेछ । नयाँ व्यक्ति संग भेटघाट हुने समयछ । साहित्यिक क्षेत्रमा रूची बढ्नेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अरूलाई प्रभावित पारेर काम बन्नेछ । बित्तिय संस्थाबाट सहयोग पाईनेछ । नयाँ कार्यको योजना बन्नेछ । सहयोगी हातहरू अघि बढ्नेछन् ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) बोलीको विपरीत अर्थ लाग्न सक्नेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । प्रेमी/प्रेमिकाका बिच खिन्नता बढ्नेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) काम गर्ने हौसला मिल्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । रमाइलो यात्राको योग रहेको छ । साहित्यिक क्षेत्रमा रूची बढ्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) गरेको काममा ढिलासुस्ती हुनेछ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । अनावश्यक धन खर्च हुनेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) अचल सम्पत्ती हात पर्ने योगछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । प्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ । कष्टकर यात्रा गर्नुपर्ला । खर्चिलो यात्रा रहला । – ज्यो.पं. नारायणप्रसाद दुलाल