वि.सं. २०७५ साल जेठ ३ गते। बिहीबार। इश्वी सन् २०१८ मे १७ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। ग्रीष्म ऋतु। नेपाल संवत् ११३८ अनलाथ्व। अधिक ज्येष्ठ शुक्लपक्ष। तिथि– द्वितीया, १४:०५ बजेउप्रान्त तृतीया। नक्षत्र– रोहिणी, ९:२० बजेउप्रान्त मृगशिरा। योग– सुकर्मा, २२:०८ बजेउप्रान्त धृति। करण– कौलव, १४:०५ बजेदेखि तैतिल, २४:५९ बजेउप्रान्त गर। आनन्दादिमा उत्पात योग। चन्द्रराशि– वृष, २०:३८ बजेउप्रान्त मिथुन। काठमाडौंमा सूर्योदय– ५:१६ बजे, सूर्यास्त– १८:४६ बजे र दिनमान ३३ घडी ४४ पला।

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) जोश जाँगर र हिम्मत बढ्नेछ । अरुको मन जित्न सकिनेछ । उपहार पाइने सम्भावनाछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । आर्थिक कारोवारमा मन्दी आउनेछ । प्रेममा विवाद आउला । सामान हराउने वा नष्ट हुन सक्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आफन्तको सहयोग प्राप्त हुनेछ । कार्यमा सफलता पाइएला । मनमा शान्ति छाउनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) दैनिक कार्यमा चुनौतीको सामना गर्नुपर्छ ।स्वास्थ्यमा समस्या आउला । अनावश्यक धन खर्च हुनेछ । कष्टकर यात्रा गर्नुपर्ला ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) वित्तिय संस्थाबाट सहयोग पाईनेछ । शुभ समाचार सुन्न पाइएला । आफन्तको सहयोग प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) यात्रामा सावधानी अपनाउनु पर्नेछ । पारिवारिक उल्झनमा परि आँटेको काम विग्रनेछ । आर्थिक सङ्कटमा परिएला । प्रेममा विवाद आउला ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आकस्मिक धन लाभ हुनेछ । ठुला व्यक्तिले तपाईको मेहनतको प्रसंसा गर्नेछन् । मिष्ठान्न भोजन प्राप्त हुनेछ । वस्त्र लाभ हुनेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) राजनैतिक कार्यमा सफलता मिल्नेछ । प्रेमीको सहयोग पाईनेछ । स्वादिष्ट भोजन पाईनेछ । वैदेशिक क्षेत्र बाट सफलता मिल्नेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) मनोरञ्जनमा सहभागी भइएला । नयाँ कार्यको योजना बन्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) शिक्षामा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । गरेको कार्यमा सफलता मिल्नेछ । लाभदायक यात्रा रहला ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । इच्छा र आकाङ्क्क्षा पूर्ण हुनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरु सम्पन्न हुुनेछन् ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) अरुलाई प्रभावित पारेर काम बन्नेछ । प्रेममा मधुरता छाउला । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । बिश्वास गरेकाले साथ दिनेछन् । - ज्यो.प. नारायणप्रसाद दुलाल