वि.सं. २०७५ साल जेठ २ गते। बुधबार। इश्वी सन् २०१८ मे १६ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। ग्रीष्म ऋतु। नेपाल संवत् ११३८ अनलाथ्व। अधिक ज्येष्ठ शुक्लपक्ष। तिथि– प्रतिपदा, १६:०८ बजेउप्रान्त द्वितीया। नक्षत्र– कृत्तिका, १०:३३ बजेउप्रान्त रोहिणी। योग– अतिगण्ड, २४:५५ बजेउप्रान्त सुकर्मा। करण– वव, १६:०८ बजेदेखि वालव, २७:०८ बजेउप्रान्त कौलव। आनन्दादिमा सिद्धि योग। चन्द्रराशि– वृष। काठमाडौंमा सूर्योदय– ५:१७ बजे, सूर्यास्त– १८:४५ बजे र दिनमान ३३ घडी ४२ पला। सर्वार्थसिद्धि योग १०:३३ बजेदेखि सर्वार्थसिद्धि योग। पुरुषोत्तम मास (मलमास) तथा अपूप-दान प्रारम्भ। दशहरा स्नान सुरु। गोसाइँकुण्डमा स्नान आरम्भ। मत्स्यनारायण मेला प्रारम्भ।

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सहयोगी हातहरू अघि बढ्नेछन् । आफन्तको प्रगतिमा मन रमाउनेछ । पुनर्मिलनको योग रहेको छ । व्यापार व्यवसायमा फाईदा होला ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता वढ्नेछ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आम्दानी बढाउने काम सुचारू गर्न सकिनेछ । स्वादिष्ट भोजन पाईनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) जोश जाँगर र हिम्मत बढ्नेछ । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) शुभ समाचार सुन्न पाइनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) अतिथिको रूपमा सत्कार पाइएला । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आकस्मिक धन लाभ हुनेछ । साहित्यिक क्षेत्रमा रूची बढ्नेछ । वाहान लाभ हुने समय छ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । पारिवारीक समस्या रहला । आफ्नो अधिकार प्रातिका लागि संघर्श गर्नु पर्ला । शैक्षिक क्षेत्रपनि कमजोर रहनेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ । तिर्थाटनको योगछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । विचार गरेर निर्णय लिनु उचित होला । विद्या र बुद्धिको विकास हुनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आकस्मिक धन लाभ हुनेछ । आँटेकोे र ताकेको कार्य पुरा होला । पारिवारिक सद्भाव बढ्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । - ज्यो.प. नारायणप्रसाद दुलाल