वि.सं. २०७५ साल वैशाख ३१ गते। सोमबार। इश्वी सन् २०१८ मे १४ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। वसन्त ऋतु। नेपाल संवत् ११३८ बछलागा। ज्येष्ठ कृष्णपक्ष। तिथि– चतुर्दशी, १९:१७ बजेउप्रान्त औंसी। नक्षत्र– अश्विनी, ११:५९ बजेउप्रान्त भरणी। योग– आयुष्मान्, ७:५० बजेउप्रान्त सौभाग्य। करण– भद्रा, ७:५० बजेदेखि शकुनि, १९:१७ बजेउप्रान्त चतुष्पद। आनन्दादिमा राक्षस योग। चन्द्रराशि– मेष। काठमाडौंमा सूर्योदय– ५:१८ बजे, सूर्यास्त– १८:४४ बजे र दिनमान ३३ घडी ३६ पला। सिथिचह्रे पूजा। वैशाख मसान्त।
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ ।समाजसेवामा मन लाग्नेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । लाभदायक यात्राको योग छ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नयाँ काम वा रोजगार पाईनेछ । जोश जाँगर र उमंग बढ्ला । आर्थिक कारोवारमा सफलता पाइएला । वोलीको भरमा कार्य सम्पादन हुनेछ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) लामो समय देखि रोकीएको अधुरो कार्यले पूर्णता पाउनेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । बौद्धिक विकास होला ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) नजिक व्यक्तिबाट धोका पाईन सक्छ । गरेका काममा ढिलासुस्ती हुनेछ । अनावश्यक ठाउँमा धन खर्च होला । पेट सम्बधी समस्या आउला ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) छोटो दुरीको लाभदायक यात्रा हुनेछ । वैदेशिक कार्य अघी बढ्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । शत्रु पराजित हुनेछन् ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) महिला मित्रबाट विशेष सहयोग मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । मंगल कार्यको योगछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) स्वास्थ्यमा स्मस्या आउँदा धन खर्च हुनेछ । यात्रामा मालसामान हराउन सक्छ । मनमा चञ्चलता बढ्नेछ । चोटपटकको भयछ सचेत रहनुहोला ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । पारिवारिक सुख मिल्नेछ । अचल सम्पत्ती हात पर्ने योगछ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) घरमा अतिथीको आगमन हुनेछ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला । घर,जग्गाको कारोबारमा सफलता मिल्नेछ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कार्यक्षेत्रमा प्रगती हुनेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । पठनपाठनका क्षेत्रबाट लाभ लिन सकिनेछ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) मनमा सङ्का उत्पन्न हुनेछ । पारिवारिक उल्झनमापरि काम विग्रिएला । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । स्वास्थ्यमा खर्च बढ्नेछ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) विद्या र बुद्धिको विकास हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । व्यापारमा रूची बढ्नेछ । बित्तिय संस्थाबाट सहयोग पाईनेछ । - ज्यो.प. नारायणप्रसाद दुलाल