वि.सं. २०७५ साल वैशाख ३० गते। आइतबार। इश्वी सन् २०१८ मे १३ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। वसन्त ऋतु। नेपाल संवत् ११३८ बछलागा। ज्येष्ठ कृष्णपक्ष। तिथि– त्रयोदशी, २०:१६ बजेउप्रान्त चतुर्दशी। नक्षत्र– रेवती, १२:०६ बजेउप्रान्त अश्विनी। योग– प्रीति, ९:३० बजेउप्रान्त आयुष्मान्। करण– गर, ८:३६ बजेदेखि वणिज, २०:१६ बजेउप्रान्त भद्रा। आनन्दादिमा प्रवर्द्धमान योग। चन्द्रराशि– मीन, १२:०६ बजेउप्रान्त मेष। काठमाडौंमा सूर्योदय– ५:१८ बजे, सूर्यास्त– १८:४३ बजे र दिनमान ३३ घडी ३३ पला। पञ्चक। १२:०६ बजे समाप्ति। १२:०६ बजेदेखि सर्वार्थसिद्धि योग २०:१६ बजेसम्म। प्रदोष व्रत।

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मनमा दुविधा उत्पन्न हुनेछ । लेनदेनमा सजकता अपनाउनु पर्नेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ । दिनको उत्तरार्धमा अधिक धन खर्च हुनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) शुभकार्यको चर्चा चल्नेछ । बित्तिय संस्थाबाट सहयोग पाईनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । अनावश्यक धन खर्च होला । मानसिक चिन्ता वढ्नेछ । यात्रामा मालसामान हराउन सक्छ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) मान प्रतिष्ठामा बृद्धि होला । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । शुभ समाचार सुन्न पाइएला । दाम्पत्य जीवन सुुखमय रहनेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) सरकारी निकाएको भय रहला । गरेका काममा ढिलासुस्ती हुनेछ । बोलीको विपरीत अर्थ लाग्न सक्छ संयम रहनु होला । आफन्तको सहयोग प्राप्त हुनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) श्रमको उचित मुल्याङ्कन हुनेछ । पठनपाठनमा प्रगती हुनेछ । मुद्धा मामिलामा विजयी पाप्त हुनेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कार्यमा सफलता पाईनेछ । नयाँ व्यक्ति संग भेटघाट हुनेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा सफलता प्राप्त हुनेछ । शुभकार्यको चर्चा चल्नेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नयाँ कार्यको थालनी होला । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । भूमिबाट लाभ रहला ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) नयाँ काम वा रोजगार पाईनेछ । दाम, इनाम र प्रतिष्ठाकमाउने बेलाछ । परिवारमा सुख सन्तोष छाउनेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) शैक्षिक क्षेत्रबाट सफलता मिल्नेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । घरमा अतिथीको सेवा होला । प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ । मिष्ठान्न भोजन प्राप्ति होला । आँटेकोे र ताकेको कार्य पुरा होला । बित्तिय संस्थाबाट सहयोग पाईनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । व्यापार व्यसायबाट लाभ मिल्नेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । विश्वास गरेकाले साथ दिनेछन् । - ज्यो.प. नारायणप्रसाद दुलाल