वि.सं. २०७५ साल वैशाख २९ गते। शनिबार। इश्वी सन् २०१८ मे १२ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। वसन्त ऋतु। नेपाल संवत् ११३८ बछलागा। ज्येष्ठ कृष्णपक्ष। तिथि– द्वादशी, २०:४७ बजेउप्रान्त त्रयोदशी। नक्षत्र– उत्तरभाद्रपदा, ११:४४ बजेउप्रान्त रेवती। योग– विष्कम्भ, १०:४६ बजेउप्रान्त प्रीति। करण– कौलव, ८:५२ बजेदेखि तैतिल, २०:४७ बजेउप्रान्त गर। आनन्दादिमा धुम्र योग। चन्द्रराशि– मीन। काठमाडौंमा सूर्योदय– ५:१९ बजे, सूर्यास्त– १८:४३ बजे र दिनमान ३३ घडी ३० पला। पञ्चक।

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) विचार गरेर निर्णय लिनु उचित होला । गरेको काममा ढिलासुस्ती हुनेछ । पारिवारिक समस्या आइपर्ला । खर्चिलो यात्रा रहला ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । ठुला व्यक्तिले तपाईँका मेहनतको प्रसंसा गर्नेछन् ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्नेछ । अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता वढ्नेछ । स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) स्वादिष्ट भोजन पाईनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कार्यहरू अधुरै रहला । प्रेममा मनमुटाव आउला । प्रतिकूल समयले घेरेको छ, संयम रहनु होला । बोलीको विपरीत अर्थ लाग्न सक्नेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) शुभ समाचार सुन्न पाइनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । रमणीय र सुखद यात्राको योग छ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुुनेछन् । साहित्यिक क्षेत्रमा रूची बढ्नेछ । सहयोगी हातहरू अघि बढ्नेछन् । पारिवारिक सद्भाव बढ्नेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । पारिवारिक सहयोग मिल्नेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आकस्मिक धन लाभ हुनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । शुभकार्यको चर्चा चल्नेछ । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) रमणीय र सुखद यात्राको योग छ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । दैनिक कार्यहरूमा प्रगति हुनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) नयाँ कार्यको थालनी हुनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ । तिर्थाटनको योगछ । - ज्यो.प. नारायणप्रसाद दुलाल