वि.सं. २०७५ साल वैशाख २८ गते। शुक्रबार। इश्वी सन् २०१८ मे ११ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। वसन्त ऋतु। नेपाल संवत् ११३८ बछलागा। ज्येष्ठ कृष्णपक्ष। तिथि– एकादशी, २०:४८ बजेउप्रान्त द्वादशी। नक्षत्र– पूर्वभाद्रपदा, १०:५२ बजेउप्रान्त उत्तरभाद्रपदा। योग– वैधृति, ११:३८ बजेउप्रान्त विष्कम्भ। करण– वव, ८:३७ बजेदेखि वालव, २०:४८ बजेउप्रान्त कौलव। आनन्दादिमा ध्वांक्ष योग। चन्द्रराशि– मीन। काठमाडौंमा सूर्योदय– ५:२० बजे, सूर्यास्त– १८:४२ बजे र दिनमान ३३ घडी २७ पला। पञ्चक। अपरा एकादशी व्रत।

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कला र गलाको प्रभाव बढ्नेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेलाछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) पारिवारिक सद्भाव बढ्नेछ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । प्रेममा सफलता प्राप्त हुनेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मुद्दा मामिला आइलाग्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनु पर्नेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनछ । घरमा अतिथीको आगमन हुनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आफन्तको प्रगतिमा मन रमाउनेछ । बित्तिय संस्थाबाट सहयोग पाईनेछ । कला र गलाको प्रभाव बढ्नेछ । प्रेम सम्वन्ध कसिलो हुनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) रमणीय र सुखद यात्राको योग छ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अनुहारमा कान्ति र मनमा शान्ति छाउला । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुने भएको छ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । आर्थिक कारोवारमा मन्दी आउनेछ । प्रेममा बाधाका साथै व्यस्तता बढ्नेछ । सोचे भन्दा धेरै खर्च हुनेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) मान प्रतिष्ठामा बृद्धि होला । समाजिक कार्यमा मन जाला । न्यायिक कार्यमा सफलता मिल्नेछ । आँटेकोे र ताकेको कार्य पुरा होला ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) घर व्यवहारमा झमेला रहला । अनावश्यक ठाउँमा धन खर्च हुनेछ । गरेको कार्यमा अवरोध आउला । सामान हराउने वा नष्ट हुने योगछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) धार्मिक यात्राको योगछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउला । वाक्चतुर्याईँले सङ्कल्प सिद्घ हुनेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) प्रेममा विवाद रहला । मनमा दुविधा उत्पन्न हुनेछ । आफ्नो अधिकार प्रातिका लागि संघर्श गर्नु पर्ला । फितलो यात्रा हुनेछ । - ज्यो.प. नारायणप्रसाद दुलाल