वि.सं. २०७५ साल वैशाख २३ गते। आइतबार। इश्वी सन् २०१८ मे ६ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। वसन्त ऋतु। नेपाल संवत् ११३८ बछलागा। ज्येष्ठ कृष्णपक्ष। तिथि– षष्ठी, १४:०७ बजेउप्रान्त सप्तमी। नक्षत्र– उत्तराषाढा, २७:०० बजेउप्रान्त श्रवण। योग– साध्य, १०:५३ बजेउप्रान्त शुभ। करण– वणिज, १४:०७ बजेदेखि भद्रा, २७:०८ बजेउप्रान्त वव। आनन्दादिमा अमृत योग। चन्द्रराशि– धनु, ७:०३ बजेउप्रान्त मकर। काठमाडौंमा सूर्योदय– ५:२३ बजे, सूर्यास्त– १८:४० बजे र दिनमान ३३ घडी ११ पला। १४:०७ बजेदेखि त्रिपुष्कर योग।

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) विद्या र बुद्धिको विकास हुनेछ । नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । व्यापार व्यवसायमा प्रगति होला । धार्मिक कार्यमा रुची वढ्नेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) पारिवार संग रमाइलो भेटघाट हुनेछ । स्वास्थ्यमा सुधार होला । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) वाक्चतुर्याईँले सङ्कल्प सिद्घ हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । वाहान लाभ हुने समय छ । जोश जाँगर र हिम्मत बढ्नेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) बन्धु बान्धवबाट सहयोग मिल्नेछ । राजननितक कार्यमा सफलता मिल्नेछ । प्रेममा मधुरता छाउला । वैदेशिक कार्य अघी बढ्नेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) मनमा दुविधा उत्पन्न हुनेछ । पारिवारिक समस्या आइपर्ला । घर व्यवहारमा झमेला आउला । विचार गरेर निर्णय लिनु उचित होला ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) श्रमको उचित मुल्याङन हुनेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । धर्र्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ कामको थालनी हुनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) झुटा आरोप लाग्न सक्नेछ । प्रेममा मनमुटाव आउला । सौन्दर्यतामा धन खर्च हुनेछ । विचार पु¥याएर निर्णय लिनु राम्रो होला ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको समय छ । मेहनतीहरूका लागि दिन फलदायी रहनेछ । शुभकार्यको चर्चा चल्नेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) स्वास्थ्यमा खरावी आउनेछ । झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्नेछ । अनावश्यक धन खर्च हुनेछ । नजिकका व्यक्तिबाट कार्यमा बाधा आउनेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आफन्तको प्रगतिमा मन रमाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । राजननितक कार्यमा सफलता मिल्नेछ । व्यापार,व्यवसायमा पर्याप्त लाभ मिल्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्दै जानेछ । । प्रेममा सफलता पाईनेछ । महिला वर्ग बाट विशेष सहयमेग मिल्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आफ्नै दक्षतामा विभिन्न कार्यहरु सम्पन्न हुुनेछन् । आत्मिक सन्तुष्टि मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । धार्मिक यात्राको योगछ । - ज्यो.प. नारायणप्रसाद दुलाल