वि.सं. २०७५ साल वैशाख २१ गते। शुक्रबार। इश्वी सन् २०१८ मे ४ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। वसन्त ऋतु। नेपाल संवत् ११३८ बछलागा। ज्येष्ठ कृष्णपक्ष। तिथि– चतुर्थी, १०:०८ बजेउप्रान्त पञ्चमी। नक्षत्र– मूल, २१:४९ बजेउप्रान्त पूर्वाषाढा। योग– शिव, ९:४३ बजेउप्रान्त सिद्ध। करण– वालव, १०:०८ बजेदेखि कौलव, २३:०५ बजेउप्रान्त तैतिल। आनन्दादिमा स्थिर योग। चन्द्रराशि– धनु। काठमाडौंमा सूर्योदय– ५:२५ बजे, सूर्यास्त– १८:३८ बजे र दिनमान ३३ घडी ०५ पला।

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सांगितीक क्षेत्रमा रुची बढ्नेछ । मुद्धा मामिलामा सफलता पाईनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । वैदेशिक कार्य अघी बढ्नेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) व्यापार व्यवसायमा औसत लाभ हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । घरमा अतिथीको आगमन हुनेछ । शिक्षामा सफलता मिल्ला ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) अचल सम्पत्ती हात पर्ने योगछ । बन्धु बान्धव बाट सहयोग मिल्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । कूतनीतिक नियोगको सहयोग मिल्ला ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । पारिवारिक सद्भाव बढ्नेछ । नयाँ कामको थालनी हुनेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । भौतिक साधन जुटाउने समय छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मनमा सङ्का उत्पन्न हुनेछ । अनावश्यक ठाउँमा धन खर्च होला । कार्य सम्पादनमा समस्या आउला । गरेका काममा ढिलासुस्ती हुनेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सामाजिक तथा धार्मिक कार्यमा रुची वढ्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । शुभकार्यको चर्चा चल्नेछ । पुनर्मिलनको योग रहेको छ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । आफ्नो विचार विपरित निर्णय हुनेछ । पेशागत समस्या आउला । कामहरू अधुरै रहलान् ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) नसोचेको ठाउँबाट धनागम हुनेछ । बित्तिय संस्था बाट सहयोग पाईनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । साथीभाईसंग समय बित्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । आर्थिक कारोवारमा मन्दी आउनेछ । पैतृक सम्पत्तिमा विवाद आउला । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । नयाँ व्यक्ति संग भेटघाट हुनेछ । - ज्यो.प. नारायणप्रसाद दुलाल