धरान / संविधान सभाको पूर्व अध्यक्ष सुवासचन्द्र नेम्बाङले ढिलै भएपनि धरान र इलामले भगिनी सम्बन्ध कायम गरी सम्बृद्ध सहरको परिकल्पना गरेको बताउदै सम्बन्धको निरन्तताको शुभकामना व्यक्त गरे । उनले इलामको चिया देशमा मात्र प्रचार नगरे विश्वमा प्रचार गर्नु पर्ने बताए ।
बुधबार धरानमा आयोजित तीनदिने इलाम टि एक्स्पो –०७५ को उद्घाटनको क्रममा यस्तो कुरा बताएका हुन । उनले आफु संविधान सभा अध्यक्ष भएको बेला भारतीय प्रधानमन्त्रि नरेन्द्र मोदीलाई नेपालको संसदको सम्बोधन गरेको बेला सोल्टी होटलबाट इलामको चिया मगाएर चखाएको समेत स्मरण गराए । ‘मोदी जीलाई तपाईको दार्जेलिङसाग्ै जोडिएको टि स्टेट नजिकै रहेको इलामको चिया भनेर आतिथ्यता सत्कार गरेको थिए ।’–उनले भने ।
प्रमुख अतिथि सुवासचन्दै नेम्बाङ, धरान उपमहानगरका मेयर तारा सुब्वा र इलाम नगरपालिकाका मेयर महेश बस्नेतले चिसो ग्रीन टि खाएर कार्यक्रम उद्घाटन गरिएको थियो । नेम्बाङले आफुलाई चिसो चिया मन पर्नेले उद्घाटनको क्रममा चिसो चिया खुवाउदा खुशी लागेको पनि बताए । ‘तपाईहरु पनि चिसो बनाएर ग्रीन टि खानुहोस् म जस्तै पल्कनु हुन्छ ।’–उनले भने ।
उद्घाटनलाई सम्बेधन गर्दे नेता नेम्बाङले गत फागुन २० गते संसदमा सबै दलहरुको सहभागीतामा भएको सपथसँगै नेपालको संविधान २०७२ आम नागरिकका लागि स्वीकार्य भएको संविधान सभाको पूर्व अध्यक्ष सुवासचन्द्र नेम्बाङले बताएका छन् ।
उनले भारतको संविधान कायन्वयन गर्न १० बर्ष लागेको इतिहास स्मरण गर्दै ९० प्रतिशत संविधानसभा सदस्यहरुको सहभागतिामा बनेको संविधान केही दिन मै साझा भएको बताए ।
तीनचरणकै निर्वाचन सम्पन्न पश्चात अव मुलुक सम्बृद्धितर्फ अघि बढेको नेकपा एमालेको संसदीय दलका उप नेता समेत रहेका नेता नेम्बाङ्गले बताए ।
इलाम नगरपालिका र धरान उपमहानगरपालिकाको को संयुक्त आयोजना भएको एक्पोको उद्घाटनको क्रममा उनले निर्वाचन सम्पन्न संगै जनतालाई दिएको प्रतिवद्धता अब यो सरकारले इमान्दारीपूर्वक पूरा गर्ने बताए ।
‘मुलुकमा विध्यमान यातायात क्षेत्रको सिण्डिकेट अहिलेको सरकारले खारेज गरेको छ । विना विवाद शसस्त्र तथा नेपाल प्रहरीका आईजीपी नियुक्ति भएका छन् ।’–उनले भने –‘अव बैशाख २३ गते सरकारले नीति तथा कार्यक्रम ल्याउने छ र संविधान अनुसार जेठ १५ गते बजेट ल्याई मुलुकलाई सम्वृद्धिको बाटोमा लादैछौ ।’
यो संविधान अपरिवर्तनीय दस्तावेज नभएको बताउदै यसलाई परिमार्जन गर्दै लान सकिने स्पष्ट पारे ।
इलाम र धरानको मितेरी सम्बन्ध विस्तार गरिएको छ । कार्यक्रमा प्रदेश १ नं. प्रदेशसभा सभामुख प्रदिप भण्डारी, इलाम तथा सुनसरीका प्रदेशसभा सदस्यहरुलगायतको उपस्थिति रहेको थियो । एक्पोमा इलाम चिया लगायत धरानका अन्य उत्पादनहरुको स्टल राखिएको छ । एक्पो २१ गतेसम्म संचालन हुने सुनसरी मोरङ इलामेली समाजका अध्यक्ष कृष्ण शाहले जानकारी दिए ।

31743704_2066037286977967_1031709564644360192_n

31747910_10214774290023721_3203569578705682432_n

31755429_1382832995151256_6060752969861693440_n