वि.सं. २०७५ साल वैशाख १९ गते। बुधबार। इश्वी सन् २०१८ मे २ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। वसन्त ऋतु। नेपाल संवत् ११३८ बछलागा। ज्येष्ठ कृष्णपक्ष। तिथि– द्वितीया, ७:१३ बजेउप्रान्त तृतीया। नक्षत्र– अनुराधा, १७:२४ बजेउप्रान्त ज्येष्ठा। योग– वरियान्, ९:२३ बजेउप्रान्त परिघ। करण– गर, ७:१३ बजेदेखि वणिज, १९:४८ बजेउप्रान्त भद्रा। आनन्दादिमा सौम्य योग। चन्द्रराशि– वृश्चिक। काठमाडौंमा सूर्योदय– ५:२६ बजे, सूर्यास्त– १८:३७ बजे र दिनमान ३२ घडी ५८ पला। सर्वार्थसिद्धि योग १७:२४ बजेसम्म।

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यमा बाधा आउनेछ । अनावश्यक यात्रा तथा अनावश्यक झमेलामा परिएला । विरोधी तत्व आइपर्ला । मनमा सङ्का उत्पन्न हुनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । शत्रु पराजित हुनेछन् । दाम्पत्य जीवन सुखमय हुनेछ । धार्मिक यात्राको योगछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) प्रेममा मनमुटावका साथै मन कमजोर रहला । सामान हराउने वा चोरी हुने भयछ । पारिवारीक झमेला आउला । कुविचारमा मन जानेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । सामाजिक कार्यमा मन जाला ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । आर्थिक कारोवारमा मन्दी आउनेछ । कार्य सम्पादनमा समस्या आउला । चिन्ता बढ्नेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) शुभ–अशुभ समाचार सुनिएला । लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिन छ । मित्र संग मीठो भेट–घाट रहला ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) भेटघाट र मनोरञ्जनमा सहभागीता भइएला । वैदेशिक कार्य अघी बढ्नेछ । शुभकार्यको चर्चा चल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) प्रीय व्यक्तिसंग भेट घाट होला । मिष्ठान्न भोजन मिल्नेछ । व्यवसायबाट लाभ होला । धैर्य गरी मिहिनेत गरेमा कायसिद्धि हुनसक्छ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आत्मिक सन्तुष्टि मिल्नेछ । विद्यामा सफलता पाइएला । नयाँ कामको थालनी हुनेछ । जोश,जाँगर बढ्ला । विवादमा विजयी होला ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) बन्धु बान्धवबाट सहयोग मिल्नेछ । सांगितीक क्षेत्रमा रुची बढ्नेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) अरुलाई प्रभावित पारेर काम बन्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेलाछ । व्यापार व्यवसायमा फाईदा होला । वाहान सुख मिल्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) प्रेमीको सहयोग पाईनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । मनोरञ्जनमा लाग्दा अवसर गुम्न सक्नेछ । कष्टकर यात्रा गर्नुपर्ला । - ज्यो.प. नारायणप्रसाद दुलाल