वि.सं. २०७५ साल वैशाख ९ गते। आइतबार। इश्वी सन् २०१८ अप्रिल २२ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। वसन्त ऋतु। नेपाल संवत् ११३८ बछलाथ्व। वैशाख शुक्लपक्ष। तिथि– सप्तमी, १८:२८ बजेउप्रान्त अष्टमी। नक्षत्र– पुनर्वशु, २०:२७ बजेउप्रान्त तिष्य। योग– सुकर्मा, ७:३४ बजेदेखि धृति, २८:२९ बजेउप्रान्त शूल। करण– गर, ७:४१ बजेदेखि वणिज, १८:२८ बजेपछि भद्रा, २९:१५ बजेउप्रान्त वव। आनन्दादिमा ध्वज योग। चन्द्रराशि– मिथुन, १४:५३ बजेउप्रान्त कर्कट। काठमाडौंमा सूर्योदय– ५:३५ बजे, सूर्यास्त– १८:३२ बजे र दिनमान ३२ घडी २२ पला।

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ कार्यको थालनी हुनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नयाँ कार्यको योजना बन्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । लाभदायक यात्रा रहला । मेहनतीहरूका लागि दिन बढी फलदायी रहनेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) गरेको कार्यमा सफलता पाईनेछ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । पारिवारिक सद्भाव बढ्नेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) प्रेममा मधुरता छाउनेछ । बोलीको प्रभाव पनि बढ्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । रमाइलो यात्राको योग रहेको छ । राज्यबाट मानसम्मान मिल्नेछ । सजिलै अरुको बिश्वास जित्न सकिनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) परिवारमा सुख सन्तोष छाउला । ठुला व्यक्तिले तपाइको मेहनतको प्रसंसा गर्नेछन् । आकस्मिक धन लाभ हुनेछ । विद्यामा सफलता पाइनेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) प्रतिकूल समयले घेरेको छ, संयम रहनु होला । अरूको वचन टाल्न नसक्दा दुःख पाइनेछ र खर्च हुनेछ । अधिकार प्रातिका लागिपनि संघर्श गर्नु पर्ला ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) वैदेशिक क्षेत्र बाट सफलता मिल्नेछ । अतिथिको रूपमा सत्कार पाइएला । आफन्तको सहयोग प्राप्त हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) प्रेमी/प्रेमिकाका बिच खिन्नता बढ्नेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ । कार्य सम्पादनमा समस्या आउला । वैदेशिक क्षेत्र कमजोर रहला ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) चिताएको कामले तीव्रता लिनेछ । शुभकायको चर्चा चल्नेछ । जोश जाँगर र हिम्मत वढ्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । दैनिक कार्यमा प्रगति हुनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । अनावश्यक धन खर्च हुनेछ । सामान हराउने वा नष्ट हुन सक्नेछ । - ज्यो.प. नारायणप्रसाद दुलाल