वि.सं. २०७५ साल वैशाख ४ गते। मंगलबार। इश्वी सन् २०१८ अप्रिल १७ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। वसन्त ऋतु। नेपाल संवत् ११३८ बछलाथ्व। वैशाख शुक्लपक्ष। तिथि– प्रतिपदा, ६:४० बजेदेखि द्वितीया, २९:१७ बजेउप्रान्त तृतीया। नक्षत्र– भरणी, २७:२९ बजेउप्रान्त कृत्तिका। योग– प्रीति, २१:३५ बजेउप्रान्त आयुष्मान्। करण– वव, ६:४० बजेदेखि वालव, १८:०२ बजेपछि कौलव, २९:१७ बजेउप्रान्त तैतिल। आनन्दादिमा मुसल योग। चन्द्रराशि– मेष। काठमाडौंमा सूर्योदय– ५:४० बजे, सूर्यास्त– १८:२९ बजे र दिनमान ३२ घडी ०३ पला।

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धार्मिक कार्य सफल रहनेछन । प्रेम सम्बन्ध कसिलो होला । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अधुरो काम पूरा हनेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । महिला वर्ग बाट विशेष सहयोग मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आँटेकोे र ताकेको कार्य पुरा होला । ठीक समयमा सही निर्णय लिन सकिनेछ । बोलीको प्रभाव पनि बढ्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आतिथ्यपूर्ण सम्मान पाइएला । वैदेशिक कार्य अघि बढ्नेछ । तर्क, विवाद र प्रतिस्पर्धाबाट लाभ हुने छैन । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आम्दानी प्रशस्तै बढ्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नयाँ कमको थालनी हुनेछ । धार्मिक यात्राको योगछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । अचल सम्पत्ति हात पर्ला ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अधिकार प्रातिका लागि संघर्श गर्नु पर्ला । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । घर परिवारमा झै–झमेलाको अवस्था आउला । फलदायी यात्रा नहोला ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) बौद्धिक काममा सफलता मिल्नेछ । श्रमको उचित मुल्याङन हुनेछ । दाम्पत्य सुखले प्रफुल्लित भइनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) महत्वपूर्ण अवसर गुम्न सक्नेछ । मन कमजोर रहला । कुविचारमा मन जाला । नजिकको व्यक्तिबाट धोका पाईन सक्नेछ सचेत रहनुहोला |

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) प्रेम र मित्रताको बन्धन कसिने बेला छ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । नयाँ कार्यको योजना बन्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) राजनैतिक कार्यमा बाधा आउनेछ । नाक तथा घाँटीमा समस्या आउला । सामान हराउने योग छ । अभिभावकको आशीर्वादले काम गर्नसक्छ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) नयाँ सवारी साधन प्राप्तिको योग छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । दिनको उत्तरार्ध सुखद रहनेछ । शुभकार्यको चर्चा चल्नेछ । - ज्यो.प.नारायणप्रसाद दुलाल