वि.सं. २०७५ साल वैशाख ३ गते। सोमबार। इश्वी सन् २०१८ अप्रिल १६ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। वसन्त ऋतु। नेपाल संवत् ११३८ चौलागा। वैशाख कृष्णपक्ष। तिथि– औंसी, ७:३९ बजेउप्रान्त प्रतिपदा। नक्षत्र– अश्विनी, २८:०७ बजेउप्रान्त भरणी। योग– विष्कम्भ, २३:४१ बजेउप्रान्त प्रीति। करण– नाग, ७:३९ बजेदेखि किंस्तुघ्न, १९:१३ बजेउप्रान्त वव। आनन्दादिमा राक्षस योग। चन्द्रराशि– मेष। काठमाडौंमा सूर्योदय– ५:४१ बजे, सूर्यास्त– १८:२८ बजे र दिनमान ३१ घडी ५९ पला। भक्तपुरमा ब्रह्माणी यात्रा। मातातीर्थ औंसी। मातातीर्थमा स्नान।

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनेछ । कूटनीतिक नियोगको सहयोग मिल्नेछ । नयाँ कार्यको थालनी हुनेछ । कुटुम्बको सहयोग मिल्नेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) जोश,जाँगर र हिम्मत बढ्ला । कुटुम्ब बाट विशेष सहयोग मिल्नेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । अचल सम्पत्ती हात पर्ने योगछ । नयाँ कार्यको थालनी हुनेछ । घरमा अतिथीको आगमन हुनेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) व्यापार व्यवसायमा सफलता मिल्नेछ । दैनिक कार्यमा प्रगति हुनेछ । आदर्श ब्यक्तिसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । महिला वर्ग बाट सहयोग मिल्नेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) वैदेशिक कार्य अघी बढ्नेछ । मुद्धा मामिलामा सफलता पाईनेछ । नयाँ काम वा रोजगारको अवसर मिल्नेछ । कार्य क्षेत्रमा सफलता पाईनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) राज्य बाट सम्मान पाइनेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । कार्यमा सफलता पाईनेछ । व्यापार व्यवसायमा औसत लाभ हुनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) घर व्यवहारको समस्याले सताउला । व्यवसायमा मन्दी आउला । नाक तथा घाँटीमा समस्या आउला । गलत निर्णय लिनपुगिएला ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नयाँ व्यक्ति संग भेटघाट हुनेछ । अचल सम्पत्ती हात पर्ने योगछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) प्रेममा मनमुटाव आउनेछ । आफ्नो विचार विपरित निर्णय हुनेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । वैदेशिक क्षेत्र कमजोर रहला ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) लगनशीलताले कामहरू अगाडी बढ्नेछन । शुभकार्यको चर्चा चल्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । आत्मबल बढ्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) अनावश्यक ठाउँमा धन खर्च होला । परिवारको समस्याले सताउनेछ । गलत निर्णय लिन पुगिएला । सरकारी निकाएको भय रहनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) मनोरञ्जनमा सहभागीता भइएला । शिक्षामा सफलता मिल्नेछ । बन्धु बान्धव बाट सहयोग मिल्नेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ । - ज्यो.प. नारायणप्रसाद दुलाल