वि.सं. २०७५ साल वैशाख १ गते। शनिबार। इश्वी सन् २०१८ अप्रिल १४ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। वसन्त ऋतु। नेपाल संवत् ११३८ चौलागा। वैशाख कृष्णपक्ष। तिथि– त्रयोदशी, ८:०९ बजेउप्रान्त चतुर्दशी। नक्षत्र– उत्तरभाद्रपदा, २८:०४ बजेउप्रान्त रेवती। योग– ऐन्द्र, बजेउप्रान्त । करण– वणिज, ८:०९ बजेदेखि भद्रा, बजेउप्रान्त शकुनि। आनन्दादिमा धुम्र योग। चन्द्रराशि– मीन। काठमाडौंमा सूर्योदय– बजे, सूर्यास्त– बजे र दिनमान ३१ घडी ५१ पला। नववर्ष वि.सं. २०७५ प्रारम्भ। वैशाख संक्रान्ति। मेष राशिमा सूर्य १०:२३ बजे प्रवेश। भक्तपुरमा विश्वध्वज पातन। टोखास्थित सपनतीर्थमा स्नान।

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

 
 

मेष राशि भएका व्यक्तिहरूका लागि समग्रमा २०७५ साल शुभफलदायी नै रहनेछ । आश्विन १८ गतेसम्म बृहस्पति तपाईंको राशिबाट सातौं भावमा रहनेछ, अत: यस समयमा चमत्कारी शुभफल प्राप्त हुनेछ । आश्विन १९ गतेबाट फाल्गुन १९ गतेसम्म बृहस्पति आठौंकष्ट स्थानमा रहनेछ, त्यस समयमा केही नराम्रा एवं दुखद् समचार सुन्नमा आउनेछन् । शनि बर्षभरि नै सातौं भावमा रहने भएकाले मिश्रित फल दिनेछ । व्यापार/व्यवसाय: बैंकिङ क्षेत्रमा गरेको लगानिबाट अधिक सफलता मिल्नेछ । होटल व्यवसायबाट प्रसस्त फाईदा मिल्नेछ । सेयर बजारमा लगानी गर्नेहरूका लागि निकै फाइदाजनक हुनेछ । शैक्षिक क्षेत्रबाट राम्रो प्रतिफल पाईनेछ । मेसिनरी सामानको व्यवसायबाट बढी फाइदा मिल्नेछ । कार्तिक र मङ्सिर महिनामा हानी हुनेछ भने असार, असोज, माघ र फाल्गुन महिनामा अधिक लाभ मिल्नेछ । प्रेम/सम्बन्ध: इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । प्रेम प्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ अतः प्रेममा सफलता प्राप्तिको योग छ । आफन्तहरूको सहयोगले कामहरू अगाडी बढ्नेछन् । शिक्षा: स्कुल तथा कलेजका विद्यार्थीहरूलाई सफलता मिल्नेछ । कार्तिक र मङ्सिर महिनामा विद्या र बुद्धिमा ह्रास आउनेछ । पेसा/रोजगार: जागिरेहरूका लागि पदोन्नतिको संभवाना प्रबल रहेको छ । सञ्चारक्षेत्रका पेशाकर्मीहरूलाई राम्रो सफलता हात पर्नेछ । राजनैतिक क्षेत्रबाट वाञ्छित सफलता मिल्नेछ । नयाँ कार्यको थालनी हुनेछ । स्वास्थ्य: टाउको तथा आँखाको समस्या बढ्नेछ । घर-परिवारमा रोगको समस्या बढ्नेछ । दुर्घटना तथा चोटपटकको भय रहनेछ सचेत रहनु होला । शुभ रङ्ग: रातो,सेतो र पहेंलो शुभ रङ्ग हो । शुभ अङ्क: १, २, ३, ४ र ७ शुभ अङ्क हो । दर्शन/पूजा/उपाय: आइतबार र मंगलवार सूर्यनारायणलाई अर्घ निवेदन गरी परेवालाई चारो दिने र मान्यजनको आशिर्वाद लिनुका साथै हनुमानजीको दर्शन/पूजा गरी गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

 
 

वृष राशि भएका व्यक्तिहरूका लागि २०७५ सालको पूवार्धभन्दा उत्तरार्ध शुभ फलदायी रहनेछ । आश्विन १८ गतेसम्म बृहस्पति तपाईंको राशिबाट छैठौं शत्रु घरमा गोचर गर्ने बृहस्पतिले केहि नराम्रो फल दिनेछ भने आश्विन १९ गतेबाट फाल्गुन १९ गतेसम्म बृहस्पति सातौं भावमा रहने भएकाले आफ्नो अनुकूलताको फल मिल्नेछ । शनि बर्षभरिनै आठौं भावमा रहने र अढैया शनिकोपनि प्रभावले गर्दा नराम्रा एवं दुखद् समचार सुन्नमा आउनेछ । व्यापार/व्यवसायः व्यापार वा व्यवसायिक दृष्टिले यस वर्ष मध्यम प्रतिफल मिल्नेछ । नयाँ व्यवसाय प्रारम्भ सुरु गर्न सकिनेछ । खर्चको मात्रा पनि बढ्नेछ । फैन्सी क्षेत्रमा गरेको लगानी लाभदायक हुनेछ । वस्त्रको कारोवारबाट सफलता मिल्नेछ । शनि कमजोर भएकाले अनाबश्यक झन्झट तथा झमेलाको सामना गर्नुपर्नेछ । व्यवसायिक दृष्टिले भाद्र, मंसिर, माघ र चैत्र महिना फलदायी हुनेछन् । प्रेम/सम्बन्धः प्रेमी/प्रेमिकाका घर परिवार बाट केहि अफ्ठ्यारा परिस्थितीहरू सिर्जना हुनेछन् । पतिपत्नीबीच दूरि बढ्नेछ । दाजुभाई तथा घर-परिवार बाटपनि टाढिनु पर्नेछ । शिक्षाः शैक्षिकक्षेत्र बाट सोचेअनुसार प्रतिफल नमिल्ला । पढाई-लेखईमा बाधा आउनेछ । विशेषगरी शैक्षिकक्षेत्रबाट मंसिर र माघ महिनामा सफलता मिल्नेछ । पेशा/रोजगारः नोकरीमा खास सफलता प्राप्त गर्न नसकेपनि व्यापारमा राम्रो हुने योग छ । बैदेशिक रोजगारमा लागेकालाई समय त्यति राम्रो छैन । राजनैतिक तथा कुटनीतिक क्षेत्रमा विविध समस्या खेप्नु पर्नेछ । स्वास्थ्यः चोटपटकको भय तथा पेटको समस्या रहनेछ । रक्तसञ्चारको समस्या बढ्नेछ । परिवारको स्वाथ्यमा धन खर्च हुनेछ । शुभ रङ्गः सेतो, हरियो, कालो, सुन्तला शुभ रङ्ग हो । शुभ अङ्कः ४, ५, ६ र ८ शुभ अङ्क हो । दर्शन/पूजा/उपायः प्रत्येक शनिबार पिपलमा जल चढाई तिलको तेलमा बत्ती बाल्ने । शुक्रवार विष्णु भगवानको तथा शनिवार दुर्गाजीको आराधना गरी गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )

 
 

मिथुन राशि हुनेहरूको लागि यो वर्षको मध्यभागमा केही कठीन परिस्थितिको सामना गर्नुपरेपनि समग्रमा अनुकूल नै रहनेछ । आश्विन १८ गतेसम्म बृहस्पति तपाईंको राशिबाट पंचम भावमा रहनेछ, अत: यस समयमा विद्या,बुद्धि र वंशको वृद्धि हुनुका साथै घर-परिवारमा मंगल कार्यको योग बन्नेछ । आश्विन १९ गतेबाट फाल्गुन १९ गतेसम्म बृहस्पति आठौं तथा कष्ट स्थानमा रहनाले ऋण, रोग, शत्रु तथा विवाद बढ्नेछ । व्यापार/व्यवसाय: व्यापार वा व्यावसायीक दृष्टिले यस वर्ष राम्रै प्रतिफल मिल्नेछ । घर जग्गाको कारोबारबाट भनेजस्तो आम्दानि गर्न सकिनेछ । वैदेशिक लागनीका लागि समय राम्रो छ । सेयर बजारमा भने केहि उतारचढाव हुनेछ । खाद्यान्न तथा कृषी क्षेत्रबाट प्रशस्त आम्दानि गर्न सकिनेछ । आर्थिक दृष्टिले असार, कार्तिक, पौष र फाल्गुन महिना हानिकारक हुनसक्छ । प्रेम/सम्बन्ध: मित्रसँगको सम्बन्धमा उल्झन आउनेछ । घर परिवारमा हुने शुभ तथा मांगलिक कार्यले विग्रिएको पारिवारिक सम्बन्धलाई मजबुत बनाउनेछ । प्रेम सम्बन्ध गाढाभई परिणाममुखी बनाउन सकिनेछ । पुत्र सुखको सम्भावना प्रवल रहेकोछ । शिक्षा: समय फलदायी रहेकोले उत्कृष्ट नतिजा पईनेछ । पढाई-लेखाईको लागी विदेश जाने योग छ साथै विद्या र बुद्धिको विकाशले समाजमा ईज्जत तथा प्रतिष्ठा बढ्नेछ । पेशा/रोजगार: आफ्नो पेशामा बढुवा तथा सरुवाको योग रहेकोछ । व्यापारमा राम्रो हुने योग रहेकोछ । साहित्यिक तथा धार्मिक व्यक्तिहरूलाई निकै राम्रो हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्त्व जमाउन सकिनेछ । स्वास्थ्य: पारिवारिक स्वस्थ्मा समस्या देखिनेछ । शिर्षपीडा बढ्नेछ साथै तथा हृदयमा रोगबढ्ने भएकाले आफ्नो स्वास्थ्यप्रती बिशेष ख्याल पुर्याउनुहोला । शुभ रङ्ग: हरियो, रातो, पहेंलो, र सेतो शुभ रङ्ग हो । शुभ अङ्क: १, ५ र ६ शुभ अङ्क हो । दर्शन/पूजा/उपाय: मंगलवार गणेशजी तथा हनुमानजीको आराधना गरी गरेको कार्यबाट चमत्कारी सफलता मिल्नेछ । शनिवार शिवजीलाई जल चढाउनाले र प्रत्येकदिन कमिलालाई चीनी दिनाले ग्रहपिडा कमभई भाग्यमा वृद्धि हुनेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

 
 

कर्कट राशि हुनेहरूका लागी यो वर्षमा आश्विन १८ गतेसम्म चतुर्थ/सुख भावमा बृहस्पतिले गोचर गर्नेछ, उक्त समयमा शुभफल प्रदान गर्नेछ । आश्विन १९ गतेदेखि फाल्गुन १९ गतेसम्म बिद्या भावमा गोचर गर्ने बृहस्पतिले विद्या,बुद्धि र सन्तान सुख गराउनेछ । फाल्गुन १९ गते पछि सत्रु भावमा प्रवेश गर्ने बृहस्पतिले मानशिक चिन्ता, शत्रुबाधा तथा गरेको कर्यमा ढिलासुस्ती हुनेछ । शनि वर्षभरिनै छैटौ भावभा गोचर गर्ने भएकाले वादविवाद तथा न्यायमा सफलता मिल्नेछ । व्यापार/व्यवसाय: विज्ञान प्रविधीको सहयोगले व्यवसाय फस्टाउनेछ । फलाम तथा हार्डवेयरले फलिफाप गराउनेछ । अचल सम्पति जोड्ने समय नजिकै रहेको छ । कृषि क्षेत्रको व्यावसायबाट मनग्य धनार्जन गर्न सकिनेछ । घरजग्गाबाट मनग्य आम्दानी गर्न सकिनेछ । आर्थिक दृष्टिले नयाँ ठाउँमा लगानी गर्दा विचार पुर्याएर लगानी गर्नु पर्नेछ । तपाई विरुद्ध षड्यन्त्रको योजना बन्न सक्छ । शेयर बजारको लगानी डुब्ने भय छ । व्यवसायिक दृष्टिले भाद्र, कार्तिक र फाल्गुन महिना फलदायी हुनेछ । प्रेम/सम्बन्ध: प्रेम र मित्रताको बन्धन गाढा भई लगन गाठो बाँधिनेछ । पारिवारिक मन मुटाव कमभई दाम्पत्य सुखमा रमाउने समय आएको छ । शत्रुबाट परास्त हुने सम्भावना रहेकोछ । शिक्षा: शैक्षिक क्षेत्रबाट मानोवाञ्छित सफलता पाईनेछ । विज्ञान विषयका द्यार्थीरुले पढाई लेखाईमा उत्कृष्ट नतिजा पाउनेछन् । गणित विषयका बिद्यार्थीरुको लागि भने यो वर्ष कमजोर सावित हुनेछ । पेशा/रोजगार: कलाकारितामा आवद्ध व्यक्तिहरूलाई निकै राम्रो हुनेछ । नयाँ रोजगारको अवसर मिल्नेछ । जागिरेहरूको लागी पदोन्नति हुनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरूले जनताको गतिलो समर्थन प्राप्त गर्नेछन् । स्वास्थ्य: छातीमा समस्या तथा दायाँ अंगमा चोटपटकको भय रहनेछ । छालासंग सम्बन्धित समस्या आउन सक्नेछ । शुभ रङ्ग: सेतो, निलो, र घ्यूरङ्ग शुभ रङ्ग हो । शुभ अङ्क: १, २, ६ ७ र ९ शुभ अङ्क हो । दर्शन/पूजा/उपाय: सोमबार शिवजी तथा महामृत्युञ्जय भगवानलाई दूध चढाई, दर्शन/पूजा गरी अनाथ एवम् वृद्धजनहरूको सेवा गर्नाले भाग्यमा वृद्धि हुनेछ । सोमवार वृक्षारोपण गर्नाले पनि भाग्यमा वृद्धि हुनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

 
 

सिंह राशि हुनेहरूका लागी २०७५ सालमा आँटेको र ताकेको कर्याहरू पूरा हुनेछ । आश्विन १८ गतेसम्म बृहस्पतिले तृतीय भावमा रहनाले गरेको कार्यमा सफलता मिल्नेछ । आश्विन १९ गतेबाट फाल्गनु १९ गतेसम्म सुख भावमा बृहस्पतिले गोचर गर्ने भएकाले भौतिक सुख मिल्नेछ । फाल्गुन २० गतेबाट पञ्चम भावमा प्रबेश गर्ने बृहस्पतिले मंगल कार्यको अवसर मिल्नेछ । वर्ष भरिनै गर्ने पंचम भावमा शनिले गोचर गर्ने भएकाले अग्नि तथा चोरको भय रहनेछ । व्यापार/व्यवसाय: यो बर्ष आर्थिक हिसावले निकै राम्रो छ । बैंकिङ तथा वित्तिय क्षेत्रमा गरीएको लगानि मौलाउनेछ । कृषी तथा चौपायाको व्यापार फस्टाउनेछ । अनावस्यक खर्च नियन्त्रण हुनेछ । फेन्सी तथा सजावटी क्षेत्रको लगानी विशेष फलदायी हुनेछ । वाहनको लगानिबाट भने नोक्सानी बेहोर्नु पर्नेछ । प्रेम/सम्बन्ध: प्रेम र मित्रताको बन्धन कसिनेछ । दाम्पत्य जीवनमा मधुरता छाउनेछ । घरपरिवारबाट टाढिएकाहरू नजिकिनेछन् । पुत्र प्राप्तिको सम्भावना प्रवल रहेको छ । सहकर्मीबाट भरपुर साथ मिल्नेछ । शिक्षा: बिद्यार्थीहरूले बिद्या तथा बौद्धिक कार्यमा मनग्य प्रगति हाँसिल गर्नेछन् । इन्जिनियरिङ क्षेत्रका जिज्ञासुहरूले विशेष सफलता पाउनेछन् । अध्ययन तथा अध्यापनको शिलशिलामा विदेश तथा स्थानान्तरणको योग छ । पेशा/रोजगार: सरकारी जागिर खानेहरूका लागि पनि यो वर्ष स्थानान्तरणको योग छ । नयाँ रोजगारको अवसर मिल्नेछ । वैदेशिक रोजगारमा रहेकाहरूका लागि भने आर्थिकपक्ष कमजोर रहनेछ । स्वास्थ्य: चोटपटकको भय रहनेछ । अनुहारमा चोटलाग्ने सम्भावना प्रबल छ । उदर रोगको समस्याले सताउनेछ । मातापिताको स्वास्थमा धन खर्च बढ्नेछ । शुभ रङ्ग: रातो, गुलाबी, पहेंलो र हरियो शुभ रङ्ग हो । शुभ अङ्क: १, ३, ५, र ९ शुभ अङ्क हो । दर्शन/पूजा/उपाय: प्रत्येक आईतबार सूर्य भगवानलाई अर्घ्य निवेदनगरी पीपलमा गुलियो जल चढाउने र विद्यार्थीहरूलाई सहयोग गर्नुका साथै विष्णु भगवान् तथा हनुमानजीको उपासना गर्नाले भाग्यमा वृद्धि हुनेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )

 
 

कन्या राशिका जातकहरूकालागी यो वर्ष शुभ/अशुभ मिश्रीत फल मिल्नेछ । आश्विन १८ गतेसम्म द्वितीयभाव तथा धनस्थानमा रहने बृहस्पतिले शुभाशुभ मिश्रीत फल दिनेछ र आश्विन १९ गतेबाट फाल्गुन २० गतेसम्म पराक्रम भावमा जाने बृहस्पतिले उक्त समयमा मानशिक चिन्ता बढाउनेछ । फाल्गुन २० गतेपछि सुख भावमा भावमा प्रबेश गर्ने बृहस्पतिले भौतिक सुख प्रदान गर्नेछ । शनि बर्षभरिनै सुख भावमा रहने र अढैयाशनिको प्रभावले गर्दा कार्यमा उल्झनआई नराम्रा समचार सुन्नमा आउने र देश बिदेशको यात्रा हुनेछ । व्यापार/व्यवसायः व्यापार दृष्टिले यो वर्ष सुखद् रहनेछ । रोकिएका धन हात पर्नेछ । फेन्सी तथा कपडाको व्यापार फस्टाउनेछ । सेयर कारोवारको लगानी भने सुझबुझमा भरपर्छ । घरजग्गाको कारोवारमा मन्दि आउनेछ । साउन, असोज र चैत्रमा कुनैपनि कारोवारमा लगानी गर्नुपूर्व विशेष विचार गर्नुहोला । प्रेम/सम्बन्धः प्रेमी/प्रेमिकाका बिच सामिप्यता बढ्नुका साथै दाम्पत्य सुखमा रमाउने समय रहेकोछ । प्रेमी जोडीहरूको सम्बन्ध प्रगाढ हुँदै पारिवारिक समर्थनमा विवाह सम्पन्न हुनेछन् । विदेश गएका आफन्तहरूसंगको सम्बन्ध भने बिग्रिन सक्छ । शिक्षाः अध्यन अध्यापनको क्षेत्र पूर्वार्ध भन्दा उत्तरार्ध राम्रो हुनेछ । व्यवस्थापन विषयका विद्यार्थीहरूलाई अधिक सफलता मिल्नेछ । विदेश गएका विद्यार्थीहरूलाई भने केहि कठिनाइको सामना गर्नुपर्नेछ । पेशा/रोजगारः नयाँ कार्यको थालनी तथा जागिरमा पदोन्नतीको सम्भावना प्रवल रहेकोछ । वित्तिय संस्थाका कर्मचारीहरूले सजकता अपनाउनुपर्नेछ । वैदेशिक रोजगारमा गएकाहरूका लागि भने त्यति राम्रो हुनेछैन । स्वास्थ्यः हृदय तथा नसाको समस्या बढ्नेछ । दिर्घरोगको सम्भावना रहनेछ । घरपरिवारका लागी स्वाथ्य उपचारमा धन खर्च बढ्नेछ । शुभ रङ्गः हरियो,नीलो,रातो र कालो शुभ रङ्ग हो । शुभ अङ्कः १,५ र ६ शुभ अङ्क हो । दर्शन/पूजा/उपायः ग्रहपीडा कमगर्न तथा सफलता प्राप्तिको लागी गणेशजी, हनुमानजी तथा विष्णुभगवानको दर्शन/आराधना गर्ने । मंगलवार एवम् चतुर्थी तिथिमा पिपल वा तुलसीको बोटमा जल चढ़ाई महामृत्युंजयको जप तथा हनुमान चालीसको पाठ गर्ने र शनिवार कुकुरलाई रोटी दिनाले कार्यमा अधिक सफलता मिल्नेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )

 
 

यो बर्ष तुला राशिको लागि बर्ष राम्रो रहनेछ । आश्विन १८ गतेसम्म प्रथम भावमा रहने बृहस्पतिले नयाँ कार्यको योजनालाई पूर्णता दिलाउनेछ । आश्विन १९ गते देखि फाल्गुन १९ गते सम्म द्वादश धन स्थानमा रहने बृहस्पति भएकाले आँटेको र ताकेको कार्यले पूर्णता पाउनेछ । वर्ष भरिनै तृतीय भावमा शनिले गोचर गर्ने भएकाले मनमा निराशा र शरीरमा आलस्य आउनेछ । मानसिक चिन्ता पनि बढ्नेछ । व्यापार/व्यवसायः यसवर्ष व्यापार व्यवसायको आर्थिक संकट नाश हुनेछ । वैदेशिक लगानीबाट सफलता मिल्नेछ । शैक्षिक क्षेत्रमा गरीएको लागानि बाट राम्रै प्रतिफल पाईनेछ । बित्तिय संस्थाको लगानी फस्टाउनेछ । खाद्यान्नको लगानी फलदाई हुनेछ । धनमाल हराउने योग पनि भएकाले सजग रहनुहोला । प्रेम/सम्बन्धः मित्र वा आफन्तबाट भरपूर सहयोग मिल्नेछ । टाढिएका मित्रसँग नजिकिने समय छ । प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ । विपरीत वर्गप्रति सहयोग भाव बढ्नेछ । शिक्षाः पढाई लेखाईमा सुधार आउनेछ । विदेशिएका विद्यार्थीहरूले सफलता हाँसिल गर्नेछन् । प्राविधिक क्षेत्रमा उच्च सफलता मिल्नेछ । गणित विषय भने कमजोर नै रहनेछ । पेशा/रोजगारः यो बर्ष वैदेशिक रोजगारमा जानेहरूका लागि राम्रो छ । निजामती कर्मचारी हरूको सरुवा तथा बढुवा हुने योग छ । मेडिकल पेसामा आवद्ध जातकहररूलाई अधिक फलदायि रहनेछ । घरजग्गाको दलालीलाई सफलता मिल्नेछ । स्वास्थ्यः परिवारको स्वस्थ्मा धन नास हुनेछ । दुर्घटना तथा चोटपटकको भए रहनेछ । टाउको तथा घाँटीमा समस्या देखिएला । पुराना रोगहरू सुधार उन्मुख हुनेछन् । शुभ रङ्गः सेतो, पहेंलो, खैरो र हल्कानिलो शुभ रङ्ग हो । शुभ अङ्कः ४, ५, ६ र ८ शुभ अङ्क हो । दर्शन/पूजा/उपायः सोमबार, बुधवार र शुक्रवार क्रमशः शिवजी, गणेशजी तथा दुर्गाजीको दर्शनरपूजा गरे सफलता मिल्नेछ । अशक्त तथा अपाङ्गहरूलाई सहायता गर्ने, वर/पीपल वृक्षरोपण गर्नाले ग्रहपिडा कमभई भाग्य वृद्धि हुनेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )

 
 

२०७५ साल वृश्चिक राशि हुनेहरूको लागि पूर्वार्धमा समस्यामा झेलिनु पर्नेछ भने उत्तरार्धमा इच्छा र आकांक्षा पूर्ण हुनेछन् । आश्विन १८ गतेसम्म व्यय भावमा रहने बृहस्पतिले अत्याधिक खर्च गराउनेछ । आश्विन १९ गतेबाट फाल्गुन १९ गतेसम्म जन्मराशि संगबस्ने र फाल्गुन १९ गते पछि धनस्थानमा जाने बृहस्पतिले अपार एवम् चमत्कारी ढंगले सफलता दिलाउनेछ । योवर्ष भरिनै शनिको अन्त्य शाढेशाति दशाको कारणले गर्दा झुटा आरोप लाग्ने, गरेको कार्यमा बिलम्बहुने तथा चोटपटकको भय रहनेछ । व्यापार/व्यवसाय: २०७५ सालमा व्यापार व्यावसायबाट चमत्कारी लाभ मिल्नेछ । सेयर बजारबाट पनि मनग्य आम्दानी गर्नेछन् । धातुजन्य व्यावसायबाट अधिक सफलता मिल्नेछ । आर्थिक दृष्टिले भद्रा, आश्विन, माघ महिनामा लाभदायक परिणाम प्राप्त हुनेछ तर लगानीको प्रतिफल प्राप्त हुन केही ढिला सुस्ती हुन सक्ने देखिन्छ । प्रेम/सम्बन्ध: प्रेम र मित्रताको बन्धन गाढा हुँदै जानेछ । प्रेममय दाम्पत्य सुखले मन प्रफुल्लित हुनेछ । वन्धु वान्धवसंगको सम्बन्ध भने नचाहाँदा नचाहाँदै विग्रने अवस्था आउनेछ अत: वाणीमा लगाम लगाउन आवस्यक देखिन्छ । शिक्षा: वृश्चिक राशिका विद्यार्थीहरूलाई अध्यन अध्यापनको क्षेत्रमा पूर्वार्ध भन्दा उत्तरार्धमा सफलता मिल्नेछ । विज्ञान विषयका विद्यार्थीहरूलाई अधिक सफलता मिल्नेछ । विदेश गएका विद्यार्थीहरूलाई भने विशेष सफलता मिल्नेछ । पेशा/रोजगार: नोकरीगर्नेहरूलाई ख्याती एवम् प्रसंसा कमाउने योग छ । वैदेशिक रोजगामा लागेका व्याक्तिहरूलाई अधिक सफलता मिल्नेछ । बित्तिय तथा न्यायिक पेसामा आवद्ध जातकहररूलाई पनि लाभ मिल्नेछ । स्वास्थ्य: स्वास्थ्या सामान्य समस्या देखिने हुदा अनावश्यक उपचार खर्च बढ्नेछ । कान तथा आँखामा समस्या देखिने । मधुमेह बढ्ने अधिक सम्भावना छ, सजक रहनु होला । शुभ रङ्ग: सेतो, पहेंलो, गुलाबी र रातो शुभ रङ्ग हो । शुभ अङ्क: १, २, ३ र ९ शुभ अङ्क हो । दर्शन/पूजा/उपाय: महाकाल शनि मृत्युञ्जय पाठ, हनुमानचालिसाको पाठ एवम् शिवजीको आराधना र पीपलको पूजा गर्नाले ग्रह पीडा कम हुनेछ । शनिलाई खुसि पार्नसके आकस्मिक सफलता मिल्नेछ । दूध चढाएर शिवजीको आराधनागरी असहाय व्यक्तिलाई भोजन र वस्त्रदान गर्नाले भाग्यमा वृद्धि हुनेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )

 
 

२०७५ साल धनु राशि भएका व्याक्तिहरूलाई आश्विन १८ गते सम्म एकादश/आय भावमा रहने वृहस्पतिले धन, विद्या र बुद्धिको विकास हुनेछ । आश्विन १९ गते बाट व्यय भावमा बृहस्पति जानाले खर्चबढाउनुकासाथै विदेशीनु पर्नेछ । फाल्गुन १९ गतेबाट जन्म राशिमा आउने वृहस्पतिले शुभ/अशुभ मिश्रित फल दिनेछ । शनिको मध्य साडेसातिको प्रभाव वर्षभरिनै रहनाले उक्त समय केहि संघर्षमय रहनेछ । जन्म कुण्डलिमा यदि शनि कमजोर भए अनावस्यक विविध समस्या आईपर्ने, अन्तिम समयमा काम बिग्रिने, झुटा आरोप लाग्ने तथा कार्यमा ढिलासुस्ती हुने र दुर्घटनाको भए रहनेछ । व्यापार/व्यवसाय: नयाँ कार्यको थालनी हुनेछ । व्यापार व्यावसायमा लगानि बढाई प्रसस्त आम्दानि गर्न सकिनेछ । बित्तिय क्षेत्रमा गरिएको लगानि फस्टाएर जानेछ । सेयर बजारमा लगानी नगरेकै राम्रो हुनेछ । खाद्यान्न तथा होटल व्यवसाय गर्नेहरूका लागि यो बर्ष निकै फाइदाजनक देखिन्छ । फाल्गुन १९ गतेबाट व्यापारमा अपेक्षाकृत लाभ नहुने र आर्थिक व्यावस्थापन गर्न गाह्रो हुनेछ । । प्रेम/सम्बन्ध: प्रेम र मित्रताको बन्धन कसिनुकासाथै सम्बन्ध लगन गाठोमा बाँधिनेछ । पारिवारिक मन मुटाव कमभई दाम्पत्य सुखमा रमाउने समय आएको छ । टाढिएका पुराना साथीहरूसंग पुनर्मिलनको योग छ । शत्रु बढ्ने सम्भावना रहेकाले विचार पुर्याएर सम्बन्ध गाँस्नु होला । शिक्षा: पढाई लेखाईमा उल्लेख्य सुधार आउनेछ । विशेषगरी विदेशिएका विद्यार्थीहरूले सफलता हाँसिल गर्नेछन् । पत्रकारिता एवंम् राजनीतिक क्षेत्रका शिक्षार्थीहरूलाई उच्च सफलता मिल्नेछ । अध्ययन तथा कामको शिलशिलामा देश बिदेशको यात्रा हुँनेछ । गणित विषयभने कमजोर रहनेछ । पेशा/रोजगारः पेसा वा रोजगारमा श्रमको उचित मूल्यांकन हुनेछ । नयाँ कार्यको अनुभव मिल्नेछ । जागिरमा प्रमोसनको सम्भावना कम भएपनि जागिर भन्दा व्यापार नै राम्रो हुनेछ तर शत्रु पछि पर्नाले सरकारी निकायको भय रहनेछ । स्वास्थ्यः शरीरमा आलस्य र मनमा निराशा छाउनेछ । ज्वरो आउने र मानसिक चिन्ता पनि बढ्नेछ । सवारि साधनको प्रयोग गर्दा वा पैदल यात्रा गर्दा सावधानी अपनाउनुपर्नेछ । शुभ रङ्गः पहेंलो, गुलाबी, घ्यूरंग र सुन्तलारङ्ग शुभ रङ्ग हो । शुभ अङ्कः २, ३, ५, ७ र ९ शुभ अङ्क हो । दर्शन/पूजा/उपायः आईतवार सूर्य, बिहिवार विष्णु र शनिवार पीपलमा जल चढाई हनुमानजी या भगवतीको दर्शन तथा पूजा गर्ने । बिहिवार बाँदरलाई चना या केरा दिने यसका साथै गरीवलाई अन्न तथा वस्त्र दान गर्नाले ग्रहवाधा निवारण भई अधिक सफलता मिल्नेछ

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )

 
 

मीन राशि भएका व्याक्तिहरूका लागि २०७५ साल पूर्वार्ध भन्दा उत्तरार्ध फलदायी रहनेछ । आश्विन १८ गतेसम्म बृहस्पति तपाईंको राशिबाट आठौं कष्टस्थानमा गोचर गर्ने बृहस्पतिले कष्टकर यात्रा हुनुका साथै केही नराम्रो फल तथा अधिक खर्च गराउनेछ । आश्विन १९ गतेबाट फाल्गुन १९ गतेसम्म भाग्यस्थानमा रहने बृहस्पतिले भौतिक सुख तथा आफ्नो अनुकूलताको फल मिल्नेछ । फाल्गुन १९ गतेबाट राज्य भावमा प्रवेश गर्ने बृहस्पतिले अनुहारमा कान्ति र मनमा शान्ति प्रदान गर्नेछ । वर्षभरिनै राज्य भावमा बस्ने शनिले अनावस्यक झमेला बढाउनेछ । व्यापार/व्यवसायः यो वर्ष व्यापार तथा व्यवसायबाट अपेक्षित लाभ मिल्नेछ । वर्षको पूर्वार्धमा बैकिङ कारोबारबाट अधिक फाइदा हुनेछ भने उत्तरार्धमा शेयर बजारले सफलता दिलाउनेछ । फेन्सी तथा सजावटिका व्यवासायीलाई मनग्य फाइदा हुनेछ । स्वास्थ्यमा लगानी गर्नेहरूले सजग रहनुहोला । जेठ महिनामा केहि धनमाल हराउने योग छ । आर्थिक दृष्टिकोणले भाद्र, पौष र माघ पहिना शुभ रहेका छन् । प्रेम/सम्बन्धः प्रेमी जोडीहरूको सम्बन्ध प्रगाढ हुँदै पारिवारिक समर्थनमा विवाह सम्पन्न हुनेछ । कात्तिक बाट प्रेमी र प्रेमिकाका घर परिवार बाट केहि अफ्ठ्यारा परिस्थितीहरू सिर्जना हुनेछ । दाजुभाई तथा घरपरिवार बाट टाढिनु पर्नेछ । शिक्षाः शैक्षिकक्षेत्रबाट सोचेअनुसार प्रतिफल नमिल्ला । विद्यार्थीहरूलाई पढाई लेखईमा रुचि घट्नेछ । गणित विषयका बिद्यार्थीहरूको लागि यो वर्ष कमजोर सावित हुनेछ । शैक्षिकक्षेत्रबाट मंसिर र माघ महिनामा अधिक सफलता मिल्नेछ । पेशा/रोजगारः शुभकार्यको चर्चा चल्नेछ । नयाँ रोजगारको अवसर मिल्नेछ । निजामती कर्मचारी हरूको सरुवा तथा बढुवा हुने योग छ । मेडिकल पेसामा आवद्ध जातकहररूलाई अधिक सफलता मिल्नेछ । यो बर्ष बैदेशिक रोजगारमा जानेहरूका लागि राम्रो छ । स्वास्थ्यः शरीरमा आलस्य र मनमा निराशा छाउनेछ । परिवारको स्वाथ्यमा धन खर्च हुनेछ । ज्वरो आउने र मानसिक चिन्ता पनि बढ्नेछ । सवारि साधनको प्रयोग गर्दा वा पैदल यात्रा गर्दा ध्यान दिनुहोला । यात्रामा विशेष सावधानी अपनाउनुपर्नेछ । शुभ रङ्गः रातो, पहेंलो,गुलाबी र सुन्तलारङ्ग शुभ रङ्ग हो । शुभ अङ्कः १, २, ३, ७ र ९ शुभ अङ्क हो । दर्शन/पूजा/उपायः शनिवार पीपलमा जल चढाउने र भगवतीको दर्शन गर्नाले ग्रहवाधा कम हुनेछ । शनिवार शिवजी र विहिवार विष्णु भगवानको दर्शन गरी विद्यार्थीहरूलाई सहयोग गर्ने र घरमा केराको वृक्ष लगाउने । निमुखा प्राणीहरूलाई आहार दिनाले भाग्यमा वृद्धि हुनेछ । - ज्यो.प. नारायणप्रसाद दुलाल