.सं. २०७४ साल चैत ३० गते। शुक्रबार। इश्वी सन् २०१८ अप्रिल १३ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। वसन्त ऋतु। नेपाल संवत् ११३८ चौलागा। वैशाख कृष्णपक्ष। तिथि– द्वादशी, ७:३८ बजेउप्रान्त त्रयोदशी। नक्षत्र– पूर्वभाद्रपदा, २७:१९ बजेउप्रान्त उत्तरभाद्रपदा। योग– ब्रह्म, २७:५० बजेउप्रान्त ऐन्द्र। करण– तैतिल, ७:३८ बजेदेखि गर, १९:५७ बजेउप्रान्त वणिज। आनन्दादिमा ध्वांक्ष योग। चन्द्रराशि– कुम्भ, २१:०४ बजेउप्रान्त मीन। काठमाडौंमा सूर्योदय– ५:४४ बजे, सूर्यास्त– १८:२७ बजे र दिनमान ३१ घडी ४७ पला। पञ्चक। प्रदोष व्रत।

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) लाभदायक यात्रा हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । वित्तिय संस्था बाट सहयोग पाईनेछ । भौतिक साधन जुटाउने समय छ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) वैदेशिक कार्य अघि बढ्नेछ । राज्य बाट मान सम्मान पाइनेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । बहुमुल्य वस्तु हात पर्नेछ । सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । नयाँ काम वा रोजगार पाईनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । चिन्ता छाडेर चिन्तन गर्ने समयछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । श्रमको उचित मुल्याङन हुनेछ । वैदेशिक कार्य अघी बढ्नेछ । स्वादिष्ट भोजन पाईनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) बन्धु–बान्धव बाट सहयोग मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । विद्या र बुद्धिके विकास हुनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) प्रेममा मधुरता छाउनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह रहला । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) चुनौतीको सामना गर्नुपर्ला । स्वस्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । घर व्यवहारको समस्याले सताउनेछ । नाक तथा घाँटीमा समस्या आउला ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कार्य सम्पादनमा सहजता मिल्नेछ । सफल यात्राको योग छ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मनमा दुविधा उत्पन्न हुनेछ । साना तिना समस्यामा अल्झिनुपर्नेछ । नजिकका व्यक्तिबाट धोका पाईएला । बन्न लागेको काम विग्रनेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) चिताएको कामले तीव्रता लिनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । अरुको मन जित्न सकिनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) घर व्यवहारको समस्याले सताउनेछ । साना तिना समस्यामा अल्झिनुपर्ने । समय प्रतिकुल भई कुलतमा मन जानेछ । सरकारी निकाएको भय रहला । - ज्यो.प. नारायणप्रसाद दुलाल