वि.सं. २०७४ साल चैत २९ गते। बिहीबार। इश्वी सन् २०१८ अप्रिल १२ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। वसन्त ऋतु। नेपाल संवत् ११३८ चौलागा। वैशाख कृष्णपक्ष। तिथि– एकादशी, ६:३७ बजेउप्रान्त द्वादशी। नक्षत्र– शतभिषा, २६:०५ बजेउप्रान्त पूर्वभाद्रपदा। योग– शुक्ल, २८:२५ बजेउप्रान्त ब्रह्म। करण– वालव, ६:३७ बजेदेखि कौलव, १९:११ बजेउप्रान्त तैतिल। आनन्दादिमा वज्र योग। चन्द्रराशि– कुम्भ। काठमाडौंमा सूर्योदय– ५:४५ बजे, सूर्यास्त– १८:२६ बजे र दिनमान ३१ घडी ४४ पला। पञ्चक। वरुथिनी एकादशी व्रत।

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) विद्या र बुद्धिको विकास हुनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । व्यापार व्यवसायमा प्रगति होला । मिष्ठान्न भोजन प्राप्ति होला ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) राजनैतिक कार्यमा सफलता मिल्नेछ । प्रेममा मधुरता छाउला । श्रमको उचित मुल्याङ्न हुनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । व्यापार,व्यवसायबाट फाइदा लिन सकिने छ । लाभदायक यात्रा हुनेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । अधुरो काम बन्नेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । आत्मिक सन्तुस्टि मिल्नेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) विद्या र बुद्धिको विकास हुनेछ । धर्र्म तथा समाजसेवामा मन लाग्नेछ । विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनेछ । नयाँ कार्यको थालनी हुनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) वैदेशिक कार्य अघी बढ्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । आँटेकोे र ताकेको कार्य पुरा होला । विद्यामापनि सफलता पाइनेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) पारिवारिक समस्या आइपर्ला । साना तिना समस्यामा अल्झिनुपर्नेछ । घर व्यवहारमा झमेला आउला । सौन्दर्यतामा धन खर्च हुनेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिन छ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । शैक्षिक क्षेत्रबाट सफलता मिल्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्नेछ । अनावश्यक धन खर्च हुनेछ । पारिवारिक चिन्ताले सताउनेछ । वैदेशिक क्षेत्र कमजोर रहला ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) शुभकार्यको चर्चा चल्नेछ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । प्रेममा मधुरता छाउनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) नजिकका व्यक्तिबाट कार्यमा बाधा आउनेछ । झुटा आरोप लाग्न सक्नेछ । प्रेममा मतभेद बढ्नेछ । विचार गरेर निर्णय लिनु उचित होला । - ज्यो.प. नारायणप्रसाद दुलाल