वि.सं. २०७४ साल चैत २२ गते। बिहीबार। इश्वी सन् २०१८ अप्रिल ५ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। वसन्त ऋतु। नेपाल संवत् ११३८ चौलागा। वैशाख कृष्णपक्ष। तिथि– पञ्चमी, १९:३४ बजेउप्रान्त षष्ठी। नक्षत्र– अनुराधा, १०:०३ बजेउप्रान्त ज्येष्ठा। योग– व्यतीपात, २६:०४ बजेउप्रान्त वरियान्। करण– कौलव, ६:५१ बजेदेखि तैतिल, १९:३४ बजेउप्रान्त गर। आनन्दादिमा आनन्द योग। चन्द्रराशि– वृश्चिक। काठमाडौंमा सूर्योदय– ५:५२ बजे, सूर्यास्त– १८:२३ बजे र दिनमान ३१ घडी १५ पला।

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) वैदेशिक क्षेत्र कमजोर रहला । सामान हराउने वा चोरी हुने भयछ । विचार गरेर निर्णय लिनु उचित हुनेछ । पारिवारिक समस्या आइपर्ला ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) पदोन्नतीको सम्भावना प्रवलछ । नयाँ कार्यको थालनी हुनेछ । विद्या र बुद्धिको विकास हुनेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सानो तिना समस्यामा अल्झिनुपर्नेछ । गलत निर्णय लिनपुगिएला । घर परिवारमा झैँ–झमेलाको अवस्था आउला । लगानी डुब्ने भयछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) श्रमको उचित मुल्याङ्कन हुनेछ । स्वादिष्ट भोजन पाईनेछ । व्यापार,व्यवसायमा पर्याप्त लाभ मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्नेछ । सरकारी निकाएको भय रहला । व्यवसायमा मन्दी आउनेछ । स्वास्थ्यमा समस्या आउला ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । अरुको मन जित्न सकिनेछ । दिनको उत्तरार्ध सुखद रहनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अचल सम्पत्ति हात पर्ने योगछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । प्रेमीको सहयोग पाईनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अरुलाई प्रभावित पारेर काम बन्नेछ । आय आर्जनमा सुधार आउनेछ । बैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । राज्यबाट सहयोग मिल्नेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) लाभदायक यात्रा रहला । कला,साहित्य तथा सांगीतमा रुचि बढ्नेछ । व्यापार व्यवसायमा सफलता पाईनेछ । आँटेको कार्य पुरा हुनेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मेहनतीहरूका लागि दिन फलदायी नै रहनेछ । दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला । खर्चिलो यात्रा रहला ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आफ्नै दक्षतामा विभिन्न कार्यहरु सम्पन्न हुुनेछन् । रोकिएको धन पाइएला । अधुरो काम बन्नेछ । राजनीति अधिकारमा सफलता मिल्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । मनमा आनन्द आउला । पारिवारिक सद्भाव बढ्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । - ज्यो.प. नारायणप्रसाद दुलाल