वि.सं. २०७४ साल चैत २० गते। मंगलबार। इश्वी सन् २०१८ अप्रिल ३ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। वसन्त ऋतु। नेपाल संवत् ११३८ चौलागा। वैशाख कृष्णपक्ष। तिथि– तृतीया, १७:२५ बजेउप्रान्त चतुर्थी। नक्षत्र– स्वाती, ७:०६ बजेउप्रान्त विशाखा। योग– वज्र, २६:१६ बजेउप्रान्त सिद्धि। करण– भद्रा, १७:२५ बजेदेखि वव, २९:४६ बजेउप्रान्त वालव। आनन्दादिमा ध्वज योग। चन्द्रराशि– तुला, २५:५९ बजेउप्रान्त वृश्चिक। काठमाडौंमा सूर्योदय– ५:५५ बजे, सूर्यास्त– १८:२२ बजे र दिनमान ३१ घडी ०७ पला। साँखुयात्रा (सकोयात)।

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) दाम, इनाम र प्रतिष्ठा कमाउने वेलाछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मनमा निरासा र शरीरमा आलस्य आउला । स्वास्थ्यमा तथा सौन्दर्यतामा धन खर्च हुनेछ । मनमा दुविधा उत्पन्न हुनेछ । घरायसी विवाद बढ्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । आर्थिक कारोवारमा बिवाद आउनेछ । स्वास्थ्यमा खर्च बढ्नेछ । चोटपटकको भयछ सचेत रहनुहोला ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । कार्यमा सफलता पाईनेछ । घरमा अतिथिको आगमन हुनेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आँटेकोे र ताकेको कार्य पुरा होला । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । पुनर्मिलनको योग रहेको छ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) दैनिक कार्यमा प्रगति हुनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । आकस्मिक धन लाभ हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । स्वादिष्ट भोजन पाईनेछ । आफन्तहरूको सहयोगले कामहरू अगाडी बढ्नेछन् । बोलीको प्रभाब बढ्नेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । स्वादिष्ट भोजन पाईनेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) दैनिक कार्यमा प्रगती हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) चुनौतीको सामना गरी गलत निर्णय लिनपुगिएला सचेत रहनुहोला । व्यवसायमा मन्दी आउला । नाक तथा घाँटीमा समस्या आउला ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) राज्यबाट मानसम्मान मिल्नेछ । सजिलै अरुको बिश्वास जित्न सकिनेछ । मेहनतीहरूका लागि दिन फलदायी रहनेछ । धार्मिक यात्राको योगछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) प्रेममा मनमुटावका साथै मन कमजोर रहला । मनमा सङ्का उत्पन्न हुनेछ । व्यवसायमा मन्दी आउला । नाक तथा घाँटीमा समस्या देखिएला । - ज्यो.प. नारायणप्रसाद दुलाल