वि.सं. २०७४ साल चैत १९ गते। सोमबार। इश्वी सन् २०१८ अप्रिल २ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। वसन्त ऋतु। नेपाल संवत् ११३८ चौलागा। वैशाख कृष्णपक्ष। तिथि– द्वितीया, १७:०५ बजेउप्रान्त तृतीया। नक्षत्र– चित्रा, ६:२१ बजेउप्रान्त स्वाती। योग– हर्षण, २६:५६ बजेउप्रान्त वज्र। करण– गर, १७:०५ बजेदेखि वणिज, २९:११ बजेउप्रान्त भद्रा। आनन्दादिमा मुद्गर योग। चन्द्रराशि– तुला। काठमाडौंमा सूर्योदय– ५:५६ बजे, सूर्यास्त– १८:२१ बजे र दिनमान ३१ घडी ०३ पला।

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अरुलाई प्रभावित पारेर काम बन्नेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । दैनिक कार्यमा प्रगती हुनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) महिला वर्ग बाट विशेष सहयोग मिल्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । लाभदायक यात्रा रहला ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) धनार्जनका स्रोतहरू पत्ता लाग्नेछन् । बित्तिय संस्था बाट सहयोग पाईनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । दिनको उत्तरार्ध सुखद रहनेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) बैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । प्रेममा मधुरता छाउनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । विद्यामा सफलता पाइनेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । विद्या र बुद्धिको विकास हुनेछ । गरेको कार्यमा सफलता मिल्नेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आफ्नै दक्षतामा विभिन्न कार्यहरु सम्पन्न हुुनेछन् । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । परिवारमा सुख सन्तोष छाउला । नयाँ कामको थालनी हुनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) विशिष्ठ व्यक्तिको साथ पाईनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । कार्यमा सफलता पाईनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । साना तिना समस्यामा अल्झिनुपर्नेछ । स्वास्थ्यमा समस्या आउला । अनावश्यक धन खर्च हुनेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । बैदेशिक कार्य अघि बढ्नेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ । मनमा सहयोग भाव आउला । धन प्राप्त हुनेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मनमा दुविधा उत्पन्न हुनेछ । अधिकार प्रातिका लागि संघर्श गर्नु पर्ला । आर्थिक कारोवारमा मन्दी आउनेछ । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिनछ । ठुलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) मनमा अविश्वाश उत्पन्न हुनेछ । प्रेममा मनमुटाव आउला । यात्रामा मालसामान हराउन सक्छ । मनमा निरासा र शरीरमा आलस्य आउला । - ज्यो.प. नारायणप्रसाद दुलाल