वि.सं. २०७४ साल चैत १८ गते। आइतबार। इश्वी सन् २०१८ अप्रिल १ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। वसन्त ऋतु। नेपाल संवत् ११३८ चौलागा। वैशाख कृष्णपक्ष। तिथि– प्रतिपदा, १७:१६ बजेउप्रान्त द्वितीया। नक्षत्र– हस्त, ६:०६ बजेउप्रान्त चित्रा। योग– व्याघात, २८:०० बजेउप्रान्त हर्षण। करण– कौलव, १७:१६ बजेदेखि तैतिल, २९:०६ बजेउप्रान्त गर। आनन्दादिमा मानस योग। चन्द्रराशि– कन्या, १८:१० बजेउप्रान्त तुला। काठमाडौंमा सूर्योदय– ५:५७ बजे, सूर्यास्त– १८:२१ बजे र दिनमान ३० घडी ५९ पला। सवार्थसिद्धि योग ६:०६ बजेसम्म। द्विपुष्कर योग १७:१७ बजेदेखि।

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अनुहारमा कान्ति र मनमा शान्ति छाउने छ । व्यापार,व्यवसायमा पर्याप्त लाभ मिल्नेछ । आँटेको कार्य पुरा हुनेछ । धर्म,कर्ममा मन लाग्नेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) घर परिवारमा झैँ–झमेलाको अवस्था आउला । सरकारी निकाएको भय रहला । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । लाभदायक यात्रा नहोला ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) बैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । पदोन्नतीको सम्भावना प्रवलछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । सरकारी निकाएको भय रहला । व्यवसायमा मन्दी आउला । खर्चको मात्रा बढ्नेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । जोश जाँगर र हिम्मत वढ्नेछ । पार्टी पिकनिक तथा समिनारमा सहभागीता भइएला । भूमि लाभ रहला ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) बैदेशिक क्षेत्र कमजोर रहला । सामान हराउने वा चोरी हुने भयछ । चुनौतीको सामना गर्नु पर्ला । गलत निर्णय लिनपुगिएला सचेत रहनुहोला ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) लाभदायक यात्रा रहला । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । राजननितक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) भाग्योदय हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । आय आर्जनमा सुधार आउनेछ । नयाँ कमको थालनी होला । मान प्रतिष्ठामा बृद्धि होला ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) नयाँ कार्यको थालनी हुनेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभब मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । स्वादिष्ट भोजन पाईनेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सामाजिक,धार्मिक कार्यमा रुचि बढ्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । अचल सम्पत्ति हात पर्ने योगछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । राज्यबाट सहयोग मिल्नेछ । कार्य क्षेत्रमा प्रगती हुनेछ । जोश जाँगर र उमङ्ग बढ्नेछ ।कार्य सिद्धिको योगछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) प्रेममा सफलता पाइनेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । नयाँ कार्यको योजना बन्नेछ । - ज्यो.प. नारायणप्रसाद दुलाल