वि.सं. २०७४ साल चैत १७ गते। शनिबार। इश्वी सन् २०१८ मार्च ३१ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। वसन्त ऋतु। नेपाल संवत् ११३८ चौलाथ्व। चैत्र शुक्लपक्ष। तिथि– पूर्णिमा, १७:५६ बजेउप्रान्त प्रतिपदा। नक्षत्र– उत्तरफाल्गुनी, ६:१८ बजेउप्रान्त हस्त। योग– वृद्धि, ७:१८ बजेदेखि ध्रुव, २९:२८ बजेउप्रान्त व्याघात। करण– भद्रा, ६:२६ बजेदेखि वव, १७:५६ बजेपछि वालव, २९:३२ बजेउप्रान्त कौलव। आनन्दादिमा उत्पात योग। चन्द्रराशि– कन्या। काठमाडौंमा सूर्योदय– ५:५८ बजे, सूर्यास्त– १८:२० बजे र दिनमान ३० घडी ५५ पला। पूर्णिमा व्रत। मन्वादि। देवीयात्रा। हनुमान जयन्ती। वैशाखस्नान आरम्भ। बालाजुस्थित बाइसधारा मेला।

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । शिक्षामा सफलता पाईनेछ । भाग्यले साथ दिनेछ । मनमा हर्ष, उमङ्ग र उत्साहा छाउनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) प्रेममा मनमुटावका साथै मन कमजोर रहला । आर्थिक सङ्कटमा परिएला । शिक्षामा अवरोध आउनेछ । मनमा सङ्का उत्पन्न हुनेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । शुभ समाचार सुन्न पाइएला । स्वादिष्ट भोजन पाईनेछ । प्रेम सम्वन्ध कसिलो हुनेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) अधिकार प्रातिका लागि संघर्श गर्नु पर्ला । दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला । अल्छीपना बढ्नेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आँटेकोे र ताकेको कार्य पुरा होला । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) लाभदायक यात्रा नहोला । प्रेम सम्बन्धमा फाटो आउन सक्छ । आर्थिक कारोवारमा बिवाद आउनेछ । चोटपटकको भयछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । श्रमको उचित मुल्याङकन हुनेछ । पार्टनसीपमा सफलता मिल्नेछ । बोलीको प्रभाब बढ्नेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) पढाइ लेखाइमा प्रगति हुनेछ । आफन्तबाट सहयोग प्राप्त हुनेछ । नयाँ कार्यको थालनी हुनेछ । रमाइलो यात्राको योग रहेको छ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ । मनोबल उच्च रहनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । सांगितीक क्षेत्रमा रुची बढ्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) बोलीको प्रभावले अरुको मन जित्न सकिनेछ । आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ । सन्तान सुख मिल्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आफ्नै दक्षतामा विभिन्न कार्यहरु सम्पन्न हुुनेछन् । नजिकको व्यक्तिबाट सहयोग पाईनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । - ज्यो.प. नारायणप्रसाद दुलाल