वि.सं. २०७४ साल चैत १६ गते। शुक्रबार। इश्वी सन् २०१८ मार्च ३० तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। वसन्त ऋतु। नेपाल संवत् ११३८ चौलाथ्व। चैत्र शुक्लपक्ष। तिथि– चतुर्दशी, १९:०३ बजेउप्रान्त पूर्णिमा। नक्षत्र– पूर्वफाल्गुनी, ६:५६ बजेउप्रान्त उत्तरफाल्गुनी। योग– गण्ड, ९:२८ बजेउप्रान्त वृद्धि। करण– गर, ७:४५ बजेदेखि वणिज, १९:०३ बजेउप्रान्त भद्रा। आनन्दादिमा सिद्धि योग। चन्द्रराशि– सिंह, १२:४४ बजेउप्रान्त कन्या। काठमाडौंमा सूर्योदय– ५:५९ बजे, सूर्यास्त– १८:२० बजे र दिनमान ३० घडी ५१ पला।
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) घरमा अतिथीको आगमन हुनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । मुद्धा मामिलामा विजयी प्राप्त हुनेछ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्राको योग रहेको छ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । दैनिक कार्यमा प्रगती हुनेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) विशिष्ट व्यक्तिको सहयोग मिल्ला । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला । बौद्धिक विकास होला ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) शुभ समाचार सुन्न पाइएला । प्रेममा सफलता पाईनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) रमणीय र सुखद यात्राको योग छ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । मंगल कार्यको योग छ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । राजनैतिक कार्यमा बाधा आउनेछ । कुविचारमा मन जानेछ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । प्रेममा मधुरता छाउला । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) चुनौतीको सामना गर्नुपर्ला । कार्य सम्पादनमा समस्या आउला । बैदेशिक क्षेत्र कमजोर रहला ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) न्यायिक कार्यमा सफलता मिल्नेछ । सांगितीक क्षेत्रमा रुची बढ्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आर्थिक कारोवारमा मन्दी आउनेछ । पेट सम्बधी समस्याका साथै सामान हराउन सक्नेछ सचेत रहनुहोला ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) विश्वास गरेकाले साथ दिनेछन् । व्यापार व्यबसायबाट आम्दानी हुनेछ । उपहार पाइने सम्भावनाछ । - ज्यो.प. नारायणप्रसाद दुलाल