अाजको पञ्चाङ्ग

वि.सं. २०७४ साल चैत १५ गते। बिहीबार। इश्वी सन् २०१८ मार्च २९ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। वसन्त ऋतु। नेपाल संवत् ११३८ चौलाथ्व। चैत्र शुक्लपक्ष। तिथि– त्रयोदशी, २०:३३ बजेउप्रान्त चतुर्दशी। नक्षत्र– मघा, ७:५५ बजेउप्रान्त पूर्वफाल्गुनी। योग– शूल, ११:५६ बजेउप्रान्त गण्ड। करण– कौलव, ९:२६ बजेदेखि तैतिल, २०:३३ बजेउप्रान्त गर। आनन्दादिमा मुसल योग। चन्द्रराशि– सिंह। काठमाडौंमा सूर्योदय– ६:०० बजे, सूर्यास्त– १८:१९ बजे र दिनमान ३० घडी ४७ पला। प्रदोष व्रत। महावीर जयन्ती।

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आँटेकोे र ताकेको कार्य पुरा होला । शुभ समाचार सुन्न पाइएला । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) बोलीको भरमा कार्य सम्पादन हुनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । आफन्तबाट सहयोग प्राप्त हुनेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) शुभ समाचार सुन्न पाइएला । सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । बौद्धिक कार्यमा सफलता मिल्नेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) परिवारमा सुख सन्तोष छाउनेछ । धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ । मनोबल उच्च रहनेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । मनमा हर्ष, उमंग र उत्साहा छाउनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) श्रमको उचित मुल्याङ्कन हुनेछ । धर्म,कर्ममा मन लाग्नेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मनमा निरासा र शरीरमा आलस्य आउला । कार्यमा अवरोध आउनेछ । कष्टकर यात्रा गर्नुपर्ला ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) वाक्चतुर्याईँले सङ्कल्प सिद्घ हुनेछ । नजिकको व्यक्तिबाट सहयोग पाईनेछ । प्रेम सम्वन्ध कसिलो हुनेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) घर परिवारमा झै–झमेलाको अवस्था आउला । अधिकार प्रातिका लागि संघर्श गर्नु पर्ला । स्वास्थ्य विग्रिएला ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । भाग्यले साथ दिनेछ । बोलीको प्रभावले अरुको मन जित्न सकिनेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) अरुको भर पर्दा धोका पाइने, हानि हुने र विश्वास गुम्ने सम्भावनाछ । सौन्दर्यतामा धन खर्च हुनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) पारिवारिक सद्भाव बढ्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । शिक्षामा सफलता पाईनेछ । - ज्यो.प. नारायणप्रसाद दुलाल