वि.सं. २०७४ साल चैत १४ गते। बुधबार। इश्वी सन् २०१८ मार्च २८ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। वसन्त ऋतु। नेपाल संवत् ११३८ चौलाथ्व। चैत्र शुक्लपक्ष। तिथि– द्वादशी, २२:२३ बजेउप्रान्त त्रयोदशी। नक्षत्र– अश्लेषा, ९:११ बजेउप्रान्त मघा। योग– धृति, १४:३९ बजेउप्रान्त शूल। करण– वव, ११:२५ बजेदेखि वालव, २२:२३ बजेउप्रान्त कौलव। आनन्दादिमा राक्षस योग। चन्द्रराशि– कर्कट, ९:११ बजेउप्रान्त सिंह। काठमाडौंमा सूर्योदय– ६:०१ बजे, सूर्यास्त– १८:१८ बजे र दिनमान ३० घडी ४३ पला।

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफ्नो अधिकार प्रातिका लागि संघर्श गर्नु पर्ला । प्रेम सम्बन्धमा फाटो आउन सक्छ । मनमा दुविधा उत्पन्न हुनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नयाँ कार्यको थालनी हुनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । स्वास्थ्यमा खरावी रहला । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) श्रमको उचित मुल्याङ्कन हुनेछ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । बित्तिय संस्था बाट सहयोग पाईनेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) चोटपटकको भय छ । शिक्षामा अवरोध आउनेछ । सरकारी निकाएको भय रहला । व्यस्तता बढ्नेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) मनमा हर्ष, उमंग र उत्साहा छाउनेछ । दैनिक कार्यमा प्रगती हुनेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) लगनशीलताले कामहरू अगाडी बढ्नेछन । रोकिएका धन प्राप्त हुनेछ । विशिष्ठ व्यक्तिको साथ पाईनेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) धर्म,कर्ममा मन लाग्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । कुटुम्बको सहयोग मिल्नेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) शुभ समाचार सुन्न पाइएला । दैनिक कार्यमा सफलता मिल्नेछ । सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । महिला वर्ग बाट विशेष सहयमेग मिल्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिन छ । आफन्तबाट सहयोग पाप्त हुनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुुनेछन् । बोलीको प्रभावले अरुको मन जित्न सकिनेछ । मनोबल उच्च रहनेछ । - ज्यो.प. नारायणप्रसाद दुलाल