वि.सं. २०७४ साल चैत १३ गते। मंगलबार। इश्वी सन् २०१८ मार्च २७ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। वसन्त ऋतु। नेपाल संवत् ११३८ चौलाथ्व। चैत्र शुक्लपक्ष। तिथि– एकादशी, २४:२९ बजेउप्रान्त द्वादशी। नक्षत्र– तिष्य, १०:४० बजेउप्रान्त अश्लेषा। योग– सुकर्मा, १७:३४ बजेउप्रान्त धृति। करण– वणिज, १३:३६ बजेदेखि भद्रा, २४:२९ बजेउप्रान्त वव। आनन्दादिमा प्रवर्द्ध योग। चन्द्रराशि– कर्कट। काठमाडौंमा सूर्योदय– ६:०२ बजे, सूर्यास्त– १८:१८ बजे र दिनमान ३० घडी ३९ पला। कामदा एकादशी व्रत।

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मनमा दुविधा उत्पन्न हुनेछ । प्रेममा बाधाका साथै मन कमजोर रहला । कुलतमा मन जानसक्छ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) पारिवारिक सद्भाव बढ्नेछ । नयाँ कार्यको योजना बन्नेछ । सांस्कृतिक क्षेत्रमा रुची वढ्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मनमा सङ्का उत्पन्न हुनेछ । परिवारमा झैं–झमेलाको अवस्था आउला । व्यवसायमा मन्दी छाउला ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । सांस्कृतिक क्षेत्रमा रुची ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) अरुको भर पर्दा धोका पाइने, हानि हुने र विश्वास गुम्ने सम्भावना छ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आँटेकोे र ताकेको कार्य पुरा होला । शुभकार्यको चर्चा चल्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) दाम्पत्य जीवन सुखमय हुनेछ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । रोमाञ्चक यात्रा होला ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कला र गलाको प्रभाव बढ्नेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । आत्मिक सन्तुष्टि मिल्नेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) लक्ष्मी प्रसन्न हुने योग छ । मान प्रतिष्ठामा बृद्धि होला । नयाँ व्यक्ति संग भेटघाट हुनेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । सरकारी निकाय बाट सहयोग मिल्नेछ । जोश जाँगर बढ्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) पठनपाठनमा प्रगती हुनेछ । परिवारमा सुख सन्तोष छाउनेछ । कार्य क्षेत्रमा प्रगती हुनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) विद्या र बुद्धिके विकास हुनेछ । राजनीति अधिकारमा सफलता मिल्नेछ । धार्मिक कार्यमा रुची बढ्नेछ । - ज्यो.प.नारायणप्रसाद दुलाल