वि.सं. २०७४ साल चैत १२ गते। सोमबार। इश्वी सन् २०१८ मार्च २६ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। वसन्त ऋतु। नेपाल संवत् ११३८ चौलाथ्व। चैत्र शुक्लपक्ष। तिथि– दशमी, २६:४६ बजेउप्रान्त एकादशी। नक्षत्र– पुनर्वशु, १२:१७ बजेउप्रान्त तिष्य। योग– अतिगण्ड, २०:३६ बजेउप्रान्त सुकर्मा। करण– तैतिल, १५:५७ बजेदेखि गर, २६:४६ बजेउप्रान्त वणिज। आनन्दादिमा धुम्र योग। चन्द्रराशि– मिथुन, ६:४२ बजेउप्रान्त कर्कट। काठमाडौंमा सूर्योदय– ६:०४ बजे, सूर्यास्त– १८:१७ बजे र दिनमान ३० घडी ३५ पला। सर्वार्थसिद्धि योग १२:१७ बजेदेखि।

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । राजनैतिक विवाद बढ्नेछ । पेशागत समस्या आउला ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । शुभ समाचार सुन्नमा आउला । व्यापारमा सफलता मिल्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) चुनौतीको सामना गर्नुपर्ला । प्रयत्न गरे फाइदा लिन सकिनेछ । साँझमा पैसा खर्च हुने योग छ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । नयाँ कार्यको थालनी हुनेछ । वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) स्वास्थ्यमा समस्या आउला । पारिवारीक झैँ–झमेला बढ्नेछ । मानसिक चिन्ता बढ्नेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) घरमा अतिथीको आगमन हुनेछ । व्यापार व्यवसायमा लाभ मिल्नेछ । पार्टनरमा सफलता मिल्नेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । प्रेमीको सहयोग पाईनेछ । मनोरञ्जनमा सहभागीता भइएला ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) शुभ समाचार सुन्न पाइएला । नयाँ कार्यको थालनी होला । व्यापार व्यवसायमा फाईदा हुनेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) बैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । मान प्रतिष्ठामा बृद्धि होला । कुटुम्बको सहयोग मिल्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) राजनैतिक कार्यमा सफलता मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । आँटेको र ताकेकोकार्य पुरा होला ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) न्यायिक कार्यमा सफलता मिल्नेछ । मंगल कार्यको योगछ । चिन्ता छाडेर चिन्तन गर्ने समयछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । बैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । नयाँ कर्यको थालनी हुनेछ । -ज्यो.प.नारायणप्रसाद दुलाल