वि.सं. २०७४ साल चैत ७ गते। बुधबार। इश्वी सन् २०१८ मार्च २१ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। वसन्त ऋतु। नेपाल संवत् ११३८ चौलाथ्व। चैत्र शुक्लपक्ष। तिथि– चतुर्थी, १५:५० बजेउप्रान्त पञ्चमी। नक्षत्र– भरणी, १९:३० बजेउप्रान्त कृत्तिका। योग– वैधृति, १४:०३ बजेउप्रान्त विष्कम्भ। करण– भद्रा, १५:५० बजेदेखि वव, २७:०१ बजेउप्रान्त वालव। आनन्दादिमा काण योग। चन्द्रराशि– मेष, २५:१६ बजेउप्रान्त वृष। काठमाडौंमा सूर्योदय– ६:०९ बजे, सूर्यास्त– १८:१५ बजे र दिनमान ३० घडी १४ पला।

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ कार्यको योजना बन्नेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । शुभ कार्यको चर्चा चल्नेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) रमाइलो यात्राको योग रहेको छ । अधुरो काम पूरा हनेछ । महिला वर्ग बाट विशेष सहयोग मिल्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) दाम्पत्य जीवन सुखमय हुनेछ । आत्मिक सन्तुस्टि मिल्नेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । शत्रु पराजित हुनेछन् ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) नसोचेको ठाउँबाट धनागम हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । अचल सम्पत्ति हात पर्ला ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) स्वास्थ्यमा समस्या आउला । घर परिवारमा झँै–झमेलाको अवस्था आउला । फलदायी यात्रा नहोला ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) बन्धु बान्धव बाट सहयोग मिल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । शुभकार्यको चर्चा चल्नेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) मानसिक चिन्ता बढ्नेछ । पैतृकसम्पत्तिमा विबाद बढ्नेछ । नाक तथा घाँटीमा समस्या आउला ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) राजननितक कार्यमा सफलता मिल्नेछ । सन्तान सुख मिल्नेछ । दिनको उत्तरार्ध सुखद रहनेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) मन खिन्न हुने स्थिति आउनेछ । मन कमजोर रहला । नजिकको व्यक्तिबाट धोका पाईन सक्नेछ सचेत रहनुहोला ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । नयाँ कार्यको योजना बन्नेछ । बोलीको प्रभाब पनि बढ्नेछ । - ज्यो.प. नारायणप्रसाद दुलाल