वि.सं. २०७४ साल चैत ६ गते। मंगलबार। इश्वी सन् २०१८ मार्च २० तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। वसन्त ऋतु। नेपाल संवत् ११३८ चौलाथ्व। चैत्र शुक्लपक्ष। तिथि– तृतीया, १७:११ बजेउप्रान्त चतुर्थी। नक्षत्र– अश्विनी, २०:१३ बजेउप्रान्त भरणी। योग– ऐन्द्र, १६:१६ बजेउप्रान्त वैधृति। करण– गर, १७:११ बजेदेखि वणिज, २८:३४ बजेउप्रान्त भद्रा। आनन्दादिमा अमृत योग। चन्द्रराशि– मेष। काठमाडौंमा सूर्योदय– ६:१० बजे, सूर्यास्त– १८:१४ बजे र दिनमान ३० घडी १० पला। सर्वार्थसिद्धि योग २०:१३ बजेसम्म। मन्वादि। गौरीव्रत। मत्स्य जयन्ती। मच्छेगाउँमा मत्स्यनारायण मेला। मेषमा सायन सूर्य १५:२९ बजे प्रवेश।

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बित्तिय संस्था बाट सहयोग पाईनेछ । बन्धु बान्धव बाट सहयोग मिल्नेछ । रमाइलो यात्राको योग रहेको छ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) पढाइ लेखाइमा प्रगति हुनेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नयाँ कार्यको थालनी हुनेछ । दाम्पत्य जीवनमा मधुरता छाउनेछ । रमणीय र सुखद यात्राको योग छ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) बोलीको प्रभाव पनि बढ्नेछ । मनोरञ्जनमा सहभागीता भइएला । व्यापार,व्यवसायमा लाभ हुनेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) लामो समयदेखि रोकिएका कार्यहरु पुरा हुनेछन् । भौतिक साधन जुटाउने समय छ । स्वादिष्ट भोजन पाईनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) बौद्धिक काममा सफलता मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिने छ । कार्यमा सफलता पाईनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) घर व्यवहारको समस्याले सताउला । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । अधिकार प्रातिका लागि संघर्श गर्नु पर्ला ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिन छ । बैदेशिक क्षेत्रको काम अघी बढ्नेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) प्रेमी/प्रेमिकाका बिच खिन्नता बढ्नेछ । सामान हराउने योग छ । कार्य सम्पादनमा समस्या आउला ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) नजिकको व्यक्ति बाट सहयोग मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । भाग्योदय हुनेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आफ्नो अधिकार प्रातिका लागि संघर्श गर्नु पर्ला । राजनैतिक विवाद बढ्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) महिला वर्ग बाट सहयोग मिल्नेछ । मिहिनेत गर्दा राम्रै अवसर पाइनेछ । साँझमा अधिक धन खर्च हुनेछ । - ज्यो.प. नारायणप्रसाद दुलाल