वि.सं. २०७४ साल चैत ५ गते। सोमबार। इश्वी सन् २०१८ मार्च १९ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। वसन्त ऋतु। नेपाल संवत् ११३८ चौलाथ्व। चैत्र शुक्लपक्ष। तिथि– द्वितीया, १८:०७ बजेउप्रान्त तृतीया। नक्षत्र– रेवती, २०:३२ बजेउप्रान्त अश्विनी। योग– ब्रह्म, १८:०९ बजेउप्रान्त ऐन्द्र। करण– वालव, ६:२५ बजेदेखि कौलव, १८:०७ बजेपछि तैतिल, २९:४३ बजेउप्रान्त गर। आनन्दादिमा मातंग योग। चन्द्रराशि– मीन, २०:३२ बजेउप्रान्त मेष। काठमाडौंमा सूर्योदय– ६:११ बजे, सूर्यास्त– १८:१४ बजे र दिनमान ३० घडी ०६ पला। धनिष्ठा पञ्चक २०:३२ बजे समाप्ति।

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) महत्वपूर्ण अवसर गुम्न सक्नेछ । नाक तथा घाँटीमा समस्या आउला । अनावश्यक यात्रा हुनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । अरुको मन जित्न सकिनेछ । सांस्कृतिक क्षेत्रमा रुची रहला ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नजिकका व्यक्तिबाट धोका पाईन सक्छ । मनमा चञ्चलता बढ्नेछ । व्यवसायमा मन्दी आउला ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । भौतिक साधन जुटाउने समय छ । आत्मिक सन्तुष्टि मिल्नेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) सरकारी निकाएको भय रहला । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सोचे भन्दा धेरै खर्च हुनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) न्यायिक कार्यमा सफलता मिल्नेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । प्रेम सम्वन्ध कसिलो हुनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) विशिष्ठ व्यक्तिको साथ पाईनेछ । मंगल कार्यको योगछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) बैदेशिक क्षेत्रको कार्य अघी बढ्नेछ । मान प्रतिष्ठामा बृद्धि होला । शुभ समाचार सुन्न पाइएला ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) नयाँ कार्यको थालनी हुनेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुने भएको छ । प्रेम सम्बन्ध कसिलो हुनेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) चिताएको कामले तीव्रता लिनेछ । बन्धु बान्धव बाट सहयोग मिल्नेछ । कार्यमा सफलता पाईनेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । परिवारमा सुख सन्तोष छाउनेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । - ज्यो.प. नारायणप्रसाद दुलाल