वि.सं. २०७४ साल चैत ४ गते। आइतबार। इश्वी सन् २०१८ मार्च १८ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। वसन्त ऋतु। नेपाल संवत् ११३८ चौलाथ्व। चैत्र शुक्लपक्ष। तिथि– प्रतिपदा, १८:३५ बजेउप्रान्त द्वितीया। नक्षत्र– उत्तरभाद्रपदा, २०:२३ बजेउप्रान्त रेवती। योग– शुक्ल, १९:४० बजेउप्रान्त ब्रह्म। करण– किंस्तुघ्न, ६:३८ बजेदेखि वव, १८:३५ बजेउप्रान्त वालव। आनन्दादिमा स्थिर योग। चन्द्रराशि– मीन। काठमाडौंमा सूर्योदय– ६:१३ बजे, सूर्यास्त– १८:१३ बजे र दिनमान ३० घडी ०१ पला। पञ्चक। निमको पात खाने र तेल लगाउने (तैलाभ्यंग) सांस्कृतिक दिवस। चोभारमा आदिनाथ–स्नान।

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मनमा निरासा र शरीरमा आलस्य आउला । कार्यमा व्यवधान आइपर्ला । साना तिना समस्यामा अल्झिनुपर्ने हुन्छ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अनुहारमा कान्ति र मनमा शान्ति छानेछ । राजननितक कार्यमा सफलता मिल्नेछ । आर्थिक लाभ रहला ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) पैतृकसम्पत्तिमा विवाद बढ्नेछ । अधिकार प्रातिका लागि संघर्श गर्नु पर्ला । चेटपटक लाग्न सक्नेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) लाभ,हानी,आय,व्यय,सुख,दु:ख वरावरी मध्यम खालको दिनछ । घरमा अतिथीको आगमन हुनेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) यात्रामा मालसामान हराउन सक्छ । समय राम्रो छैन अनावश्यक धन खर्च भई मानसिक चिन्ता वढ्नेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) मनमा उत्साहका साथै बोली बिक्ने समयछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । बैदेशिक क्षेत्रको कार्य बन्नेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कार्य सम्पादनमा सहजता मिल्नेछ । महिला वा मित्र बाट सहयोग मिल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । धार्मिक यात्राको योगछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सजिलै अरुको बिश्वास जित्न सकिनेछ । विद्या र बुद्धिको विकास हुनेछ । राज्यबाट मानसम्मान मिल्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कार्य सम्पादनमा सहजता मिल्नेछ । प्यारोसाथी संग भेट होला । प्रेममा मधुरता छाउला ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) लगनशीलताले कामहरु अगाडी बढ्नेछन । खानपिन समारोहमा सहभागी भइएला । भूमि लाभ रहला ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । प्रेमीको सहयोग पाईनेछ । - ज्यो.प. नारायणप्रसाद दुलाल