वि.सं. २०७४ साल चैत १ गते। बिहीबार। इश्वी सन् २०१८ मार्च १५ तारिख। शकसंवत् १९३९। साधारण संवत्सर। उत्तरायण। वसन्त ऋतु। नेपाल संवत् ११३८ चिल्लागा। चैत्र कृष्णपक्ष। तिथि– त्रयोदशी, १६:५६ बजेउप्रान्त चतुर्दशी। नक्षत्र– धनिष्ठा, १७:०१ बजेउप्रान्त शतभिषा। योग– सिद्ध, २१:५१ बजेउप्रान्त साध्य। करण– वणिज, १६:५६ बजेदेखि भद्रा, २९:३१ बजेउप्रान्त शकुनि। आनन्दादिमा श्रीवत्स योग। चन्द्रराशि– कुम्भ। काठमाडौंमा सूर्योदय– ६:१६ बजे, सूर्यास्त– १८:१२ बजे र दिनमान २९ घडी ४९ पला। चैत्र संक्रान्ति। पञ्चक। पिशाच चतुर्दशी (पाशाचह्रे पूजा)। वारुणी योग १६:५६ बजेसम्म।

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) चिताएको कामले तीव्रता लिनेछ । राजननितक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । साझेदारीमा सफलता मिल्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) शुभ समाचार सुन्न पाइएला । राजननितक कार्यमा सफलता मिल्नेछ । नयाँ कार्यको थालनी होला ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । नयाँ कार्यको थालनी हुनेछ । वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कूटनीतिक नियोगको सहयोग मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । आँटेको र ताकेकोकार्य पुरा होला ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नजिकको मित्रसँग भेटघाट हुनेछ । पठनपाठनमा प्रगती हुनेछ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मान प्रतिष्ठामा बृद्धि होला । आकस्मिक धन लाभ हुनेछ । मनोरञ्जनमा सहभागीता भइएला ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अनावश्यक झमेलामा परिएला । चुनौतीको सामना गर्नुपर्ला । प्रयत्न गरे फाइदा लिन सकिनेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) अरुलाई प्रभावित पारेर काम बन्नेछ । व्यापार व्यवसायमा लाभ मिल्नेछ। साझेदारीको कार्यमा सफलता मिल्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सौन्दर्यतामा धन खर्च हुनेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । साँझमा पैशा खर्च हुने योगछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । मेहनतीहरूका लागि दिन फलदायी रहनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) राजनैतिक कार्यमा बाधा आउनेछ । सम्पत्ती राउने वा नष्ट हुने भयछ । अरुको भर पर्दा धोका पाइनेछ । - ज्यो.प. नारायणप्रसाद दुलाल