वि.सं. २०७४ साल फागुन ३० गते। बुधबार। इश्वी सन् २०१८ मार्च १४ तारिख। शकसंवत् १९३९। साधारण संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३८ चिल्लागा। चैत्र कृष्णपक्ष। तिथि– द्वादशी, १५:२५ बजेउप्रान्त त्रयोदशी। नक्षत्र– श्रवण, १४:५८ बजेउप्रान्त धनिष्ठा। योग– शिव, २१:५१ बजेउप्रान्त सिद्ध। करण– तैतिल, १५:२५ बजेदेखि गर, २८:१४ बजेउप्रान्त वणिज। आनन्दादिमा छत्र योग। चन्द्रराशि– मकर, २८:०२ बजेउप्रान्त कुम्भ। काठमाडौंमा सूर्योदय– ६:१७ बजे, सूर्यास्त– १८:११ बजे र दिनमान २९ घडी ४५ पला। देवपत्तनमा देशोद्धार पूजा। प्रदोष व्रत।

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । स्वादिष्ट भोजन पाईनेछ । कला र गलाको प्रभाव बढ्नेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) घर व्यवहारको समस्याले सताउला । व्यवसायमा मन्दी आउला । गलत निर्णय लिनपुगिएला ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) अचल सम्पत्ती हात पर्ने योगछ । नयाँ कार्यको थालनी हुनेछ । घरमा अतिथीको आगमन हुनेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सरकारी निकाएको भय रहला । परिवारको समस्याले सताउनेछ । सामान हराउन सक्नेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) राज्य बाट सम्मान पाइनेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिने छ । कार्यमा सफलता पाईनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । बैदेशिक क्षेत्र कमजोर रहला । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कूतनीतिक नियोगको सहयोग मिल्नेछ । नयाँ व्यक्तिसंग भेट होला । कुटुम्बको सहयोग मिल्नेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । मान प्रतिष्ठामा बृद्धि होला । प्रेम सम्बन्ध कसिलो हुनेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) अदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ । महिला वर्ग बाट सहयोग मिल्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । नजिकको व्यक्ति बाट सहयोग मिल्नेछ । आत्मबल बढ्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कार्य क्षेत्रमा सफलता पाईनेछ । नयाँ काम वा रोजगारको अवसर मिल्नेछ । बाहन सुख मिल्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) लगनशीलताले कामहरु अगाडी बढ्नेछन । मनोरञ्जनमा सहभागीता भइएला । शिक्षामा सफलता मिल्नेछ । - ज्यो.प. नारायणप्रसाद दुलाल