नर्वे / नर्वेमा हरेक १० जना गर्भवती महिलामध्ये आठजनामा आयोडिनको अत्यधिक मात्रामा कमी रहने गरेको नयाँ अनुसन्धानले बताएको नर्वेको अफनपोस्टन पत्रिकाले सोमबार प्रकाशित अङ्कमा उल्लेख गरेको छ । 
आयोडिनको कमी भएका गर्भवती महिलाबाट जन्मेका बालबालिकामा पनि आयोडिनको कमी हुने र उनीहरूले लेख्न र पढ्न कठिन हुने गर्छ ।  शरीरमा चाहिने आयोडिनको आवश्यकताबारे नागरिकमा प्रशस्त जानकारी नहुने गरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
“लाग्न सक्छ खानपानको अवस्था राम्रो भएजस्तो लाग्नसक्छ तर हाम्रो अध्ययनले गर्भवती तथा स्तनपान गराउने नर्वेली महिलामा आयोडिनको कमी भएको हामीले पायौँ,” ओस्लो मेट्रोपोलिटन यूनिभर्सिटीका अनुसन्धानकर्ता सिगरन हेन्जमले भन्नुभयो । हेन्जमको टोलीले गर्भवती तथा स्तनपान गराउने महिलामा आयोडिनको मात्राका बारेमा सन् २०१६ मा अध्ययन शुरु गरेको बताउनुभयो ।
यो एकदम चिन्तजनक छ सरकारले यस बिषयमा थप ध्यान पु¥याउन जरूरी छ, उहाँले भन्नुभयो ।
ओस्लो र आकेरशस क्षेत्रका १७५ जना स्तनपान गराउने महिला र ८०० गर्भवती महिलामा अध्ययन गरिएको प्रतिवेदनले उक्त तथ्य बाहिर ल्याएको हो । “आयोडिन गर्भमा रहँदा भ्रुण तथा जन्मपछि बालबालिकामा मस्तिस्क बढ्न र विकास हुन चाहिने थाइराइड हर्मोनको उत्पादनका लागि आवश्यक खनिज भएको र शरीरमा प्रशस्त आयोडिनको उपस्थितिले मस्तिस्कको आवश्यक विकासमा मद्दत पुग्ने गर्छ,” हेन्जमले बताउनुभयो ।
विगत १० बर्षमा गरिएका कैयाँै अध्ययनले आयोडिनकोे कमी भएका महिलाबाट जन्मेका वा त्यस्ता महिलाले स्तनपान गराउने नाबालकमा पढ्ने र लेख्ने क्षमतामा कमी पाइने बताएका, उहाँले बताउनुभयो ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले स्तनपान गर्ने तथा गर्भवती महिला दुवैले प्रतिदिन २५० मिलिग्राम आयोडिन खानामार्फत लिनुपर्ने सिफारिस गरेको छ । तर नर्वेले यो निर्देशनलाई पालना नगर्ने गरेको बताइन्छ ।
“नर्वेका प्राय नागरिकले परम्परागतरूपमा प्रशस्त माछा खाने र प्रशस्त दुध खाने गर्छन् । उनीहरूका लागि यि नै मुख्य दुई आयोडिनका स्रोत हुन्,” खाद्य सुरक्षाका लागि नर्वेली वैज्ञानिक समितिका सदस्य हेन्जमले भन्नुभयो । “पछिल्लो समय यहाँका मानिसको खानपानमा माछा र दुधको कमी हुने गरेको र यसको प्रभाव गर्भवती तथा नवजात शिशुमा आयोडिनको कमी हुने गरेको उहाँको भनाई रहेको छ ।”