वि.सं. २०७४ साल फागुन २८ गते। सोमबार। इश्वी सन् २०१८ मार्च १२ तारिख। शकसंवत् १९३९। साधारण संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३८ चिल्लागा। चैत्र कृष्णपक्ष। तिथि– दशमी, ११:३० बजेउप्रान्त एकादशी। नक्षत्र– पूर्वाषाढा, १०:०२ बजेउप्रान्त उत्तराषाढा। योग– वरियान्, २१:०४ बजेउप्रान्त परिघ। करण– भद्रा, ११:३० बजेदेखि वव, २४:३३ बजेउप्रान्त वालव। आनन्दादिमा उत्पात योग। चन्द्रराशि– धनु, १६:४१ बजेउप्रान्त मकर। काठमाडौंमा सूर्योदय– ६:१९ बजे, सूर्यास्त– १८:१० बजे र दिनमान २९ घडी ३६ पला।

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सहकर्मी बाट विरोध आउला । लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । घरमा अतिथीको आगमन हुनेछ । भूमि बाट लाभ रहला ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) महत्वपूर्ण कामको थालनी हुनेछ । लक्ष्मी प्रसन्न हुने योगछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आर्थिक कारोवारमा सफलता पाइएला । महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । लाभदायक यात्रा होला ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) भाग्यले विभिन्न अवसर जुराउनेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । लाभदायक यात्रा हुनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अरुलाई प्रभावित पारेर काम बन्नेछ । रोकिएको धन हात पर्ला । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्घ हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) स्वास्थ्यमा खर्च बढ्नेछ । यात्रामा मालसामान हराउन सक्छ । सानो तिना समस्यामा अल्झिनुपर्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । अलंकारको प्राप्ति हुनेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) स्वस्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । साझेदारी काममा उल्झन आउनेछ । बन्न लागेको काम विग्रिनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । शुभारम्भको चर्चा चल्नेछ । आँको काम पुरा भई धनार्जन हुनेछ । - ज्यो.प. नारायण प्रसाद दुलाल