वि.सं. २०७४ साल फागुन २७ गते। आइतबार। इश्वी सन् २०१८ मार्च ११ तारिख। शकसंवत् १९३९। साधारण संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३८ चिल्लागा। चैत्र कृष्णपक्ष। तिथि– नवमी, ९:२२ बजेउप्रान्त दशमी। नक्षत्र– मूल, ७:२५ बजेउप्रान्त पूर्वाषाढा। योग– व्यतीपात, २०:२९ बजेउप्रान्त वरियान्। करण– गर, ९:२२ बजेदेखि वणिज, २२:२६ बजेउप्रान्त भद्रा। आनन्दादिमा सिद्धि योग। चन्द्रराशि– धनु। काठमाडौंमा सूर्योदय– ६:२० बजे, सूर्यास्त– १८:०९ बजे र दिनमान २९ घडी ३२ पला।

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) रमणीय र सुखद यात्राको योग छ । आकस्मिक धन लाभ हुनेछ । पार्टी तथा सेमिनारमा सहभागी भईएला ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) पार्टी तथा सेमिनारमा सहभागी भईएला । धर्म कर्म,परोपकार,समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) ठीक समयमा सही निर्णय लिन सकिनेछ । पारिवारिक सहयोग मिल्ला । कला र गलाको प्रभाव बढ्नेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) छोटो दुरीको लाभदायक यात्रा रहला । मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । दिनको उत्तरार्ध सुखद रहनेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) साथीभाईसंग समय बित्नेछ । रमणीय र सुखद यात्राको योग छ । जोश जाँगर र हिम्मत वढ्नेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) राजनैतिक कार्यमा बाधा आउनेछ । सहकर्मी बाट विरोध आउला । चोटपटकको भयछ सचेत रहनुहोला ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) गरेका काममा ढिलासुस्ती हुनेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । अविश्वाश उत्पन्न हुनेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) रोजगारको अवसर मिलनेछ । प्रयत्न गरे फाइदा लिन सकिनेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) मनमा दुविधा उत्पन्न हुनेछ । प्रेममा बाधाका साथै मन कमजोर रहला । मानसिक चिन्ता वढ्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) राजनैतिक कार्यमा सफलता मिल्नेछ । अदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ । भूमि लाभ रहला ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । अधिकार प्रातिको लागी संघर्ष गर्नु पर्नेछ । स्वास्थ्य विग्रिएला ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) मनमा शान्ति र अनुहारमा कान्ति छाउला । बैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । लाभदायक यात्रा होला । - ज्यो.प. नारायण प्रसाद दुलाल