• प्रभात त्रिपाठी

कतार / प्रवासी नेपाली मंच कतार ४ नम्बर नगर कमिटीको पाँचौं अधिबेशन पश्चात केन्द्रको निर्देशन र मंचको बिधान अनुरुप नया संरचना अनुसार प्रवासी नेपाली मंचले बिधिबत रुपमा नगर कमिटीहरु गठन गर्न सुरु गरेको छ | फेब्रुअरी २३ तारिक सुक्रबारका दिन संगठन विभागले आयोजना गरेको नगर कमिटी पुनर्गठन कार्यक्रमले ४ नम्बर नगर कमिटी अल्खोरमा गठन गरे संगै अहिले सम्म चारवटा नगर कमिटी विस्तार गरिसकेको छ |

भेलाले नबगठित कार्यसमितिमा अध्यक्ष खेमराज सुबेदीको नेतृत्वमा १२ सदस्सीय कार्यसमिति सर्वसम्मत गठन गरेको छ | उपाध्यक्ष द्वय युबराज भुषाल र बेनुगोपल श्रेष्ठ रहेका छन्  । सचिब तथा सह सचिबमा क्रमशः तिलक कार्की र धर्मागत पौडेल रहेका छन् । कोषध्यक्ष र सह कोषाध्यक्षमा लोकबहादुर सुनार र सरोज कार्कीलाई निर्बाचित गरिएको छ । त्यसैगरी सदस्यमा क्रमशः दिबस सुबेदी, लक्ष्मण थापा, रोमनाथ ढकाल, जनक पौडेल र लोक बहादुर जोगी रहेका छन् | त्यसैगरी कार्य समितिको पहिलो बैठकले कार्यसमिति सदस्यमा सन्तोष ढकाललाइ मनोनयन गरि १३ सदस्सीय कार्यसमितिलाइ पूर्णता दिएको छ| कार्यक्रममा प्रवासी नेपाली मंचका अध्यक्ष चानक पोखरेलको प्रमुख आतिथ्यता साथै प्रवासी नेपाली मंचका उपाध्यक्षहरु, संगठन विभागका उप-संयोजक र सचिब, साथै राष्ट्रिय कमिटि सदस्य एवं नगर इन्चार्ज लगायतको उपस्थिति रहेको थियो | कार्यक्रममा मंचसंग आबद्द अलखोर क्षेत्रका श्रमजीबीहरुको उल्लेख्य उपस्थिति रहेको थियो |

यसैबीच ८ मार्च २०१८का साँझ नब गठित ४ नं. नगर कमिटीले आफ्नो पहिलो कार्यक्रम स्वरूप बृहत परिचयात्मक तथा मनोरन्जनात्मक (अन्तर नगर कमिटि फुटबल प्रतियोगिता ) कार्यक्रम सफलताका साथ् सम्पन्न गरेको छ | ४ नं. नगर कमिटीका अध्यक्ष खेमराज सुबेदीको अध्यक्षता तथा उपाध्यक्ष युबराज भुषालको संचालन रहेको उक्त कार्यक्रमको प्रमुख अतिथि मंचका राष्ट्रिय कमिटी अध्यक्ष चानक पोखरेल साथै बिषेश अतिथि मंचका संस्थापक अध्यक्ष कमलमणि गुरागाईं, अतिथि हरुमा मंचका उपाध्यक्ष द्वय द्रोण बहादुर बस्नेत र चानिलाल राजबंशी, का.वा महासचिब प्रभात त्रिपाठी, सचिवालय सदस्य छविरमण कटुवाल, राष्ट्रिय कमिटी सदस्यहरु यज्ञ प्रसाद दाहाल, बिजय बिक्रम बस्नेत, तान बहादुर खण्डलुक मगर, दुर्गा प्रसाद गुरागाईं, चोलाकान्त बि.क, हेम बहादुर बगाले, गणेश प्रसाद ढकाल, नगर कमिटी १,२,३ अध्यक्षहरु क्रमशः पदम गिरी, रेवती पोखरेल, भुपाल राई, जिफन्ट सपोर्ट ग्रुप इन्चार्ज ढालसिंह बेपत्ता मगर लगायतको उपस्थिति रहेकोथियो | शुभकामना मन्तब्य मंचका कार्यबाहक महासचिब प्रभात त्रिपाठी, उपाध्यक्ष द्रोण बहादुर बस्नेत, संस्थापक अध्यक्ष कमलमणि गुरागाईं तथा अध्यक्ष चानक पोखरेलले ब्यक्त गरेका थिए | प्रवासी नेपाली मंचको स्थापना,इतिहास, कार्यशैली र औचित्यको बारेमा संस्थापक अध्यक्ष कमलमणि गुरागाई द्वारा प्रस्ट्याइएको थियो |

मैत्रीपुर्ण फुटवल खेलका लागि चारैवटा नगर कमिटि र राष्ट्रिय कमिटी सहितको एक टिम गरि जम्मा पाँच टिमको सहभागिता रहेको थियो भने खेलमा आयोजक ४ नं. नगर कमिटि अलखोर ले प्रथम र १ नं. नगर कमिटी दोहाले दोश्रो स्थान हाँसिल गरेका थिए | बिजयी टिमलाई प्रमुख अतिथिबाट प्रमाण पत्रका साथ ट्रफी प्रदान गरिएको थियो | सहभागिता जनाउने सम्पूर्ण टिमलाई सहभागिताको प्रमाण पत्रको व्यवस्था आयोजक कमिटीले गरेको थियो |

स्वास्थ्यका लागि खेल भन्ने नाराको अनुशरण गर्दै कार्यक्रमले मंचका नेता तथा कार्यकर्ताको सामिप्यातालाई अझ सहज र प्रगाढ बनाएको भन्दै कार्यक्रमका अध्यक्ष खेमराज सुबेदीले उपस्थित सबैमा धन्यबाद ज्ञापन गर्दै मध्यरातमा कार्यक्रमको बिधिबत समापन गरेका थिए|

29027934_1817255444960300_7237345890367700992_n 2

 

29027072_1817259891626522_1388115644607627264_n

29027514_1817257364960108_8315503219920863232_o

29025365_1817260238293154_4906744881478631424_n