राजविराज । राजविराज ७ स्थित गदरी हटियामा शनिवार विहान आगलागि भएको छ ।
हटिया स्थित नौसाद सु सेण्टर रहेको ४ तले घरमा राती करिव साढे २ वजे अचानक आगो लागेको हो । आगोले भुईतलामा रहेको पसल तथा माथिल्लो तलामा रहेको गोदाम समेतमा भएको सम्पुर्ण सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । पसलका सञ्चालक नसिव खानले पारिवारीक विवादका कारण आफनो पसलमा आगो लगाईएको वताए । जिल्ला प्रहरी प्रमुख मुकेशकुमार सिंहले आगलागिको कारण र भएको क्षती वारे अनुसन्धान भईरहेको वताए ।

५० लाखको क्षती
क्षतीपुर्ण पुर्ण विवरण नआएपनि ५० ला  खभन्दा वढिको क्षती भएको संचालक खानले वताए ।
सिरहाको लहान, सुनसरीको इनरुवा र सप्तरीको राजविराज तथा शम्भुनाथ नगरपालिकाका ४ वटा दमकल, स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा साढे ३ घण्टापछि आगो नियन्त्रणमा लिईएको छ । आगलागि नियन्त्रणमा लिन ब्यापक संख्यामा नेपाली सेना र नेपा प्रहरी परिचालित गरिएको थियो ।

फायर म्यान घाईते

IMG_20180310_070530
आगो नियन्त्रणका क्रममा राजविराज नगरपालिकाका फायर म्यान धर्मेन्द्रकुमार यादव घाईते भएका छन् । झ्यालको सिसाले लागेर उनको टाउको फुटेको छ ।