वि.सं. २०७४ साल फागुन २६ गते। शनिबार। इश्वी सन् २०१८ मार्च १० तारिख। शकसंवत् १९३९। साधारण संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३८ चिल्लागा। चैत्र कृष्णपक्ष। तिथि– अष्टमी, ७:२२ बजेउप्रान्त नवमी। नक्षत्र– मूल, ३१:२५ बजेउप्रान्त मूल। योग– सिद्धि, १९:५७ बजेउप्रान्त व्यतीपात। करण– कौलव, ७:२२ बजेदेखि तैतिल, २०:२० बजेउप्रान्त गर। आनन्दादिमा गद योग। चन्द्रराशि– धनु। काठमाडौंमा सूर्योदय– ६:२१ बजे, सूर्यास्त– १८:०९ बजे र दिनमान २९ घडी २८ पला। दुदुच्याँच्याँ।

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कला र गलाको प्रभाव बढ्नेछ । मित्र वा आफन्तको सहयोगबाट मिल्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) राजनीति कार्यमा सफलता मिल्नेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । नसोचेको ठाउँ बाट धन हात पर्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) राजननितक कार्यमा सफलता मिल्नेछ । स्वास्थ्यमा सुधार होला । नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) महिला वा मित्र बाट विशेष सहयोग मिल्ने छ । धार्मिक कार्यमा रुची बढ्नेछ । दिनको उत्तरार्ध सुखद रहनेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) पारिवार संग रमाइलो भेटघाट हुनेछ । आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) राजनैतिक कार्यमा सफलता मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । पुनर्मिलनको योग रहेको छ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) पारिवारिक समस्या आइपर्ला । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ । चोटपटक लाग्न सक्नेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) दिनको उत्तरार्ध सुखद रहनेछ । प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ । लाभदायक यात्रा रहला ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) विचार गरेर निर्णय लिनु उचित होला । प्रेममा मनमुटाव रहनेछ । सौन्दर्यतामा धन खर्च हुनेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । लाभदायक यात्रा रहनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) बैदेशिक क्षेत्र कमजोर रहला । कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सांगितीक क्षेत्रमा रुची बढ्नेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरु सम्पन्न हुुनेछन् । भाग्योदय हुनेछ । - ज्यो.प. नारायण प्रसाद दुलाल